असार ३१, काठमाडौँ | सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती संयुक्त अरब इमिरेटस (यूएई) मा पक्राउ परेका छन् । दुबई प्रहरीले दुई साताअघि उनलाई पक्राउ गरे पनि त्यस सम्बन्धि खबर आज मात्र सार्वजनिक भएको हो ।

आबुदावी प्रहरीले पक्राउ गरी इन्टरपोल प्रहरीलाई बुझाएको छ । उप्रेतीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो । एनसीबी काठमाडौंको सिफारिसमा उप्रेतीसहित मुख्य लगानीकर्ता एमके उर्फ मोहनकुमार अग्रवाल, बेनु श्रेष्ठ र हरिशरण खड्काबिरुद्ध नोटिस जारी भएको हो ।

अब आवश्यक कागजपत्र मिलाएर उप्रेतीलाई केही समयपछि नेपाल ल्याईने छ ।

यूएईबाट सुन किनेर नेपाल पठाउन उप्रेतीसहितको समूहले भूमिका खेलेको सरकारी छानबिन समितिको अनुसन्धानले देखाएको थियो ।