Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

झापामा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

<p>असार&nbsp;३१, सुरुङ्गा, झापा । चन्द्रगढीबाट विर्तामोडतर्फ आउँदै गरेको मोटरसाइकलको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ ।&nbsp;<br></p><p>स३प २७९६ नंको मोटरसाइकलको ठक्करबाट बिर्तामोड– ८ का सात वर्षीय अभिषेख श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायब निरीक्षक याम खड्काले जानकारी दिनुभयो ।&nbsp;</p><p>सडक पार गर्ने क्रममा मोटरसाइकलले बालकलाई ठक्कर दिएको बताइएको छ । ठक्करबाट गम्भीर घाइते बालकको भद्रपुरस्थित ओमसाइ पाथीभरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । (रासस)</p>