माघ २३, काठमाडौं । मौसम विज्ञान विभागका अनुसार माघ २३ गते बुधबार दिउँसो पश्चिमी भूभागका थोरै स्थानमा हल्का वर्षा र पश्चिमी तथा मध्य उच्च हिमाली भागमा हल्का हिमपात हुने छ । बुधबार राति भने देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मध्यका थोरै स्थानहरुमा हल्का वर्षा हुने छ । पश्चिमी तथा मध्य उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना छ ।
माघ २४ गते बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र देशको पश्चिमी साथै मध्य भूभागको एक-दुई स्थानमा भारी वर्षा समेत हुने सम्भावना देखिन्छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसमविदले औंल्याएका छन् । पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना छ ।
बिहीबार राति देशभर सामान्यदेखि पूर्ण बदली हुनेछ । देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना देखिन्छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको र उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेको मौसमी बुलेटिनमा उल्लेख छ ।
यसैगरी माघ २५ गते शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानहरुमा भारी हिमपातको पनि सम्भावना देखिन्छ ।
शुक्रबार राति देशभर सामान्य बदली रहने छ । केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ । उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागले बुलेटिनमा उल्लेख छ । तर तीन दिनसम्म भारी वर्षा र हिमपात हुने भएकाले अझै केही दिन चिसो बढ्ने भएको छ । त्यतिमात्र होइन, माघ महिनाको अन्तिम सातामा बाढी र पहिरोको जोखिम रहेको भन्दै सतर्क रहन सूचना नै जारी गरिएको छ ।
Alert!
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) February 6, 2019
०७५-१०-२३
भोली देशको अधिकांश स्थानमा वर्षा हुने।
उच्च पहाडी क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा ठुलो वर्षा हुन सक्ने देखिएकोले हिमपहिरो जानसक्ने क्षेत्र र पहिरो जानसक्ने क्षेत्रमा सतर्क रहौ।
पहाडी क्षेत्रका स-साना खोलाहरुमा आकस्मिक बहाब प्रबाह हुन पनि सक्छ।#MFD #RIMES