२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाशुपत क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन

२०७५, २० फाल्गुन सोमबार ०७:०२

फागुन २०, काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर पवित्र पाशुपत क्षेत्रमा आउने दर्शनार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै ‘विकासका लागि भिजन नेपाल’ नामक संस्थाले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 

आज बिहानैदेखि सञ्चालन गरिएको सो शिविरमा हालसम्म २१० भक्तजनले स्वास्थ्य सेवा लिएका संयोजक जेपी यादवले जानकारी दिनुभयो । शिविर साँझसम्म चल्ने बताइएको छ । 

शिविरमा विभिन्न अस्पतालका ३५ बढी चिकित्सकले बिरामी भक्तजनको उपचार गरेका छन् । पशुपतिमा पूजाआजा गर्न आएका भक्तजनमा टाउको दुख्ने, रक्तचाप उच्च तथा न्यूनलगायत स्वास्थ्य समस्या देखिएको चिकित्सकले जनाएका छन् । बिरामी अवस्थाका भक्तजनलाई निःशुल्क औषधि वितरण गरिएको छ । शिविरमा खटिएका चिकित्सकले लामबद्ध भक्तजनलाई सोही स्थानमा पुगेर स्वास्थ्य सेवा दिएका थिए । उक्त संस्थाले शिवरात्रिका अवसरमा तीन वर्षदेखि पाशुपत क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु