२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आकर्षक देखिन कपाल प्रत्यारोपण गरेको केही घण्टामै मृत्यु

२०७५, २९ फाल्गुन बुधबार ०४:४२

फागुन २९, एजेन्सी | कपाल प्रत्यारोपण प्रतिको आकर्षण पछिल्लो समय खुबी बढेर गएको छ । तर यसको प्रयोगमा तल-माथि भए ठूलो दुर्घटना समेत हुनसक्ने देखिएको छ । 

कपाल प्रत्यारोपणको उल्टो परिणाम हालै मुम्बईमा देखिएको छ । त्यहाँका एक व्यापारीले आकर्षक देखिने लोभमा आफ्नो ज्यान नै गुमाउनु परेको छ ।

भारतीय व्यापारी श्रवण कुमार चौधरीले कपाल प्रत्यारोपण गरेको दुई दिनभित्रै आफ्नो ज्यान गुमाउनु परेको थियो ।

टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार ४३ वर्षे ती व्यापारीको मुम्बईस्थित एक प्राइभेट अस्पतालमा कपाल प्रत्यारोपण गराएको ५० घण्टापछि मृत्यु भएको छ ।

गत शुक्रबार उनको अनुहार र घाँटी सुन्निएका कारण सास फेर्न गाह्रो भएपछि महाराष्ट्रको हिरानन्दनी अस्पताल पुर्याइएको थियो ।

उपचारका क्रममा उनलाई एनाफिल्याक्टिक सक भएको पत्ता लाग्यो । यो पेनकिलर र औषधीको रियाक्सनका कारण हुने गर्दछ । उनको शनिबार बिहानै मृत्यु भयो ।

रिपोर्टका अनुसार उनले ९ हजार पाँचसय वटा रौं रोपेका थिए । यसका लागि १५ घण्टा लागेको थियो । उनको कपाल प्रत्यारोपण डाक्टरले कुनै औषधीको रियाक्सनका कारण एलर्जी भएको र उनको ज्यानै गएको दाबी गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो