2026-10-15 07:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् सबैभन्दा बढी कामदार पठाउने २० म्यानपावर (सूचित सहित)

काठमाडौं । गत आर्थिक बर्ष २०८१/८२ मा सर्वाधिक कामदार पठाउने २० म्यानपावरको सूचि सार्वजनिक भएको छ । वैदेशिक रोजगार बिभागले बिभिन्न म्यानपावर कम्पनीमार्फत अन्तिम श्रमस्वीकृति लिने कामदारको संख्याको आधारमा हरेक महिना र हरेक आर्थिक बर्ष रेकर्ड सार्वजनिक गर्ने गरेको छ ।

पछिल्लो एकै बर्षमा ८ हजार ६७३ कामदार पठाएर काठमाडौँको सिनामंगल स्थित नीलकमल ह्युमन रिसोर्स प्रा.लि सर्वाधिक कामदार पठाउनेमा पहिलो बनेको छ । नीलकमलले पछिल्लो आर्थिक बर्षमा ८ हजार ७९ जना पुरुष कामदार र ५९२ जना महिला कामदार विभिन्न देशमा रोजगारको लागि पठाएको छ ।

त्यस्तै सर्वाधिक कामदार पठाउने दोश्रो नम्बरमा ललितपुर स्थित प्याराडाइज इन्टरनेसनल प्रालि रहेको छ । प्याराडाइज मार्फत गत आर्थिक बर्ष ८ हजार ६०८ जना कामदार वैदेशिक रोजगारमा पठाउन बिभागबाट अन्तिम श्रम स्वीकृति लिएको छ । कुल मध्ये यो म्यानपावरले एक हजार १३४ जना महिला कामदार पठाएको छ ।

त्यस्तै तेश्रो नम्बरमा काठमाडौँको धापासी स्थित एसओएस म्यानपावर सर्भिस प्रालिबाट पछिल्लो आर्थिक बर्षमा ७ हजार ८५४ जना कामदार वैदेशिक रोजगारीमा गएका छन् । यो म्यानपावरबाट गत आर्थिक बर्षको १२ महिनामा २९४ जना महिला कामदार वैदेशिक रोजगारमा जान अन्तिम श्रम स्वीकृति लिएका छन् ।

त्यस्तै चौथो नम्वरमा लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रा.लिले ४ हजार ९८२ जना कामदारलाई वैदेशिक रोजगारमा पठाउन अन्तिम श्रम-स्वीकृति लिएको छ ।

त्यस्तै गल्फ म्यानपावर सर्भिस प्रा. लि धेरै कामदार पठाउनेको सूचीको पाँचौं स्थानमा रहेको छ । उक्त कम्पनीले ३ हजार ९५५ पुरुष कामदार मात्र वैदेशिक रोजगारमा पठाउन अन्तिम श्रम स्वीकृति लिएको छ ।

त्यस्तै छैटौंबाट क्रमश: एयर किंग्स प्लेसमेन्ट प्रा. लि. ले ३ हजार ९५२ जना, साउन्डलाइन्स रिक्रुटमेन्ट प्रा. लि. ले ३ हजार ७५६ जना, द रिभर ओभरसिज प्रा. लि. ले ३ हजार २६९ जना, एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्सी प्रा. लि. ले ३ हजार ११० जना, एशिया लिंक प्रा. लि. ले २ हजार ९९९ जना, सान नेपाल प्रा. लि. ले २ हजार ९९८ जना, अल-अस्माक्स कम्पनी प्रा. लि. ले २ हजार ८९६ जना, लुलु इन्टरनेशनल प्रा. लि. ले २ हजार ८२० जना, अल सेक्युर म्यानपावर रिक्रूटमेन्ट प्रा. लि. ले २ हजार ७०७ जना, ईम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा. लि . ले २ हजार ६६९ जना कामदार वैदेशिक रोजगारमा पठाउन अन्तिम श्रम स्वीकृति प्राप्त गरेका छन् ।

त्यस्तै ब्रदर्स इन्टरनेशनल इम्प्लोयमेन्ट प्रा. लि. ले २ हजार ६६२ जना, अल-हयात म्यानेजमेन्ट प्रा. लि. ले २ हजार ५८४ जना, सपोर्ट ह्युमन रिसोर्सेस प्रा. लि. ले २ हजार ५४८ जना, शिखर इन्टरनेशनल म्यानपावर सर्भिसेज प्रा. लि. ले २ हजार ४२० जना र भिजन एण्ड भ्यालु ओभरसीज प्रा. लि. ले २ हजार ३८३ जना कामदार वैदेशिक रोजगारमा पठाउन बिभागबाट अन्तिम श्रम स्वीकृति प्राप्त गरेका छन् ।

यसै बीच आज शुक्रबार वैदेशिक रोजगार विभागले बार्षिक प्रगति बिबरण सहित वैदेशिक रोजगार क्षेत्र सुधारको लागि बिबिध योजनाबारे जानकारी दिने उदेश्यले पत्रकार भेटघाटको कार्यक्रम आयोजना गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने