2026-10-14 01:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रथम सृजना स्मृती कप क्रिकेट प्रतीयोगीता २०७२ को उपाधी आयोजकलाई

कमल रावल/ कात्तिक २०, अछाम ।  अछाम जिल्लाको बागभिडीमा सम्पन्न प्रथम सृजना स्मृती कप क्रिकेट प्रतीयोगीता २०७२ को उपाधी आयोजक कालीका क्लव बागभिडीले हात पारेको छ । बिहिबार भएको फाईनल खेलमा वैद्यनाथ युवा क्लब कालिमाटीलाई १२ रनले पराजित गर्दै आयोजक बागभिडी उपाधि जित्न सफल भएको छ । पहिले ब्याटिग गरेको वागभिडीले निर्धारित १५ ओभरको खेलमा १४ ओभर अल आउट हुदै ७७ रन बनाएको थियो । जवाफमा ७८ रनको लक्ष्य लिएर मैदानमा उत्रेको कालिमाटी १४ ओभरमै अलआउट हुदै ६५ रनमा सिमित भएको थियो । उपाधि सँगै बागभिडीले नगद ३० हजार सहित कप, मेडल, प्रमाणपत्र हात पारेको छ ।
achham sports news
दोस्रोमा चित्त बुझाएको कालिमाटिले ३ हजार १ सयमा चित्त बुझाएको छ । फाईनल खेलमा राम्रो प्रदर्शन गरेको वागभिडीमा रबिन्द तिरुवा म्यान अफ द म्याच घोषित भएका छन । २०७२ सालमा अछाम जिल्लामा भएका ३ वटा ठुला धनराशिका क्रिकेट प्रतियोगितामा ३ पटक उपाधि नजिक पगे पनि कालिमाटीले अहिले सम्म उपाधि हात पार्न सकेको छैन । क्लबका कप्तान नितेश कुवरकी धर्म पत्नी सिर्जना कुवरको स्मृतिमा प्रथम पटक भएको प्रतियोगिता क्लबका अध्यक्ष महेन्द्र कुवरले एक कार्यक्रमका बिच समापन गर्नु भएको थियो ।

समापन कार्यक्रममा कप्तान कुवरले पहिलो पटक नै आफनो क्लब उपाधि जित्न सफल भएकाले आगामि दिन प्रतियोगीता लाई निरन्तरता दिदै लैजाने बताउनु भयो । आगामि बर्ष यो प्रतियोगितलाई ब्यापक रुपमा बढाउदै प्रत्येक बर्ष पुरुस्कार राशि समेत बढाउने उहाँको भनाई छ । प्रतियोगितामा जिल्ला भरिका २२ वटा टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताको कात्तिक १३ गते पुर्व जिविस सभापति भरत कुमार स्वारले एक कार्यक्रमका बिच उदघाटन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश