२५ कार्तिक २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रथम सृजना स्मृती कप क्रिकेट प्रतीयोगीता २०७२ को उपाधी आयोजकलाई

२० कार्तिक २०७२, शुक्रबार ०४:०६

कमल रावल/ कात्तिक २०, अछाम ।  अछाम जिल्लाको बागभिडीमा सम्पन्न प्रथम सृजना स्मृती कप क्रिकेट प्रतीयोगीता २०७२ को उपाधी आयोजक कालीका क्लव बागभिडीले हात पारेको छ । बिहिबार भएको फाईनल खेलमा वैद्यनाथ युवा क्लब कालिमाटीलाई १२ रनले पराजित गर्दै आयोजक बागभिडी उपाधि जित्न सफल भएको छ । पहिले ब्याटिग गरेको वागभिडीले निर्धारित १५ ओभरको खेलमा १४ ओभर अल आउट हुदै ७७ रन बनाएको थियो । जवाफमा ७८ रनको लक्ष्य लिएर मैदानमा उत्रेको कालिमाटी १४ ओभरमै अलआउट हुदै ६५ रनमा सिमित भएको थियो । उपाधि सँगै बागभिडीले नगद ३० हजार सहित कप, मेडल, प्रमाणपत्र हात पारेको छ ।
achham sports news
दोस्रोमा चित्त बुझाएको कालिमाटिले ३ हजार १ सयमा चित्त बुझाएको छ । फाईनल खेलमा राम्रो प्रदर्शन गरेको वागभिडीमा रबिन्द तिरुवा म्यान अफ द म्याच घोषित भएका छन । २०७२ सालमा अछाम जिल्लामा भएका ३ वटा ठुला धनराशिका क्रिकेट प्रतियोगितामा ३ पटक उपाधि नजिक पगे पनि कालिमाटीले अहिले सम्म उपाधि हात पार्न सकेको छैन । क्लबका कप्तान नितेश कुवरकी धर्म पत्नी सिर्जना कुवरको स्मृतिमा प्रथम पटक भएको प्रतियोगिता क्लबका अध्यक्ष महेन्द्र कुवरले एक कार्यक्रमका बिच समापन गर्नु भएको थियो ।

समापन कार्यक्रममा कप्तान कुवरले पहिलो पटक नै आफनो क्लब उपाधि जित्न सफल भएकाले आगामि दिन प्रतियोगीता लाई निरन्तरता दिदै लैजाने बताउनु भयो । आगामि बर्ष यो प्रतियोगितलाई ब्यापक रुपमा बढाउदै प्रत्येक बर्ष पुरुस्कार राशि समेत बढाउने उहाँको भनाई छ । प्रतियोगितामा जिल्ला भरिका २२ वटा टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताको कात्तिक १३ गते पुर्व जिविस सभापति भरत कुमार स्वारले एक कार्यक्रमका बिच उदघाटन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रलाई सङ्कटबाट मुक्त गर्न एमालेको भूमिका सशक्तः महासचिव पोखरेल दुर्घटनामा १२ जना घाइते अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर एमालेले विघटित प्रनिनिधिसभाका आफ्ना सांसदसँग छलफल गर्ने दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन: प्रधानमन्त्री कार्की दार्चुलामा भूकम्पको धक्का किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल नाइजेरियामा जिहादी गुटबीचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जानेः कांग्रेस नेता यादव प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ कुलमान घिसिङको नेतृत्वमा रहने पार्टीको नाम उज्यालो नेपाल राख्ने सहमति प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन धनगढीस्थित इन्धन डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग कांग्रेस चुनावमा सहभागी हुन्छः कांग्रेस नेता सिंह दक्षिण कोरियामा चिनियाँ माछा मार्ने डुङ्गा डुब्दा दुई जनाको मृत्यु, नौ बेपत्ता आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा चलाउन पाएसँगै यात्रुमा खुसी ‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’