२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बजेट अभावले गैँडा गणना नहुने

२०७५, २८ चैत्र बिहीबार ०६:०६

चैत २८, चितवन । नेपालका निकुञ्ज तथा वन क्षेत्रमा यस वर्ष गैँडा गणना नहुने भएको छ । सन् २०१५ मा गैँडा गणना गरिएको थियो । यस वर्ष गणना गर्ने भनिएको भए पनि बजेट अभावका कारण गणना नहुने भएको हो ।

हरेक चारदेखि पाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ । दुई वर्षअघि चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नदीमा बाढी आउंँदा धेरै गैँडालाई बगाएको थियो । दश गैँडा भारतबाट उद्धार गरिएको थियो भने कम्तीमा तीन गैँडा अझै भारतमा छन् । बाढीले कतिपय गैँडा मरेको र निकुञ्जमा तितरवितर हुंँदा प्राकृतिक कारणले धेरै गैँडा मरेका छन् । वास्तविकता थाहा पाउनका लागि यसै वर्ष गणनाको तयारी गरिएको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बजेटको अभावमा यस वर्ष गैँडा गणना नगरिएको बताउनुभयो । उहांँले भन्नुभयो, “तयारी पुगेन । बजेट पनि भएन ।” विभागले दाताको भर परेको भए पनि आवश्यक बजेट नपाएपछि गणना नगरिएको हो । खड्काका अनुसार गैँडा कार्ययोजनामा चारदेखि पांँच वर्षमा गैँडा गणना गर्नुपर्ने भनिएको हुंँदा आउंँदो वर्षको सरकारी बजेटमा रकम विनियोजन गरेर पांँचौँ वर्ष सन् २०१९ मा गैँडा गणना गर्ने तयारी गरिएको छ । मन्त्रालयले अर्को वर्ष गणनाका लागि बजेट विनियोजन गर्ने उहाँले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार अप्रिलको पहिलो साताभित्र गणना थालिसक्नुपर्ने हुन्छ । गणनाका लागि करिब एक महिना समय लाग्छ । आउंँदो महिनाबाट घांँस र बुट्यान बढ्ने भएकाले गणना कठिन हुने उहांँले बताउनुभयो । बाढीपछिको अवस्था थाहा पाउनका लागि संरक्षणकर्मीले पनि यसै वर्ष गैँडा गणना गर्नुपर्नेमा जोड दिएका थिए ।

नेपालमा सन् १९९४ पछि सन् २०००, २००५, २००८, २०११ र २०१५ मा गैँडा गणना गरिएको थियो । सन् २०१५ मा भएको गणनामा चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखिएका थिए । पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित ६४५ गैँडा रहेका थिए । सन् २०१५ को गणनापछि बर्दिया र शुक्लाफाँटामा चितवनका गैँडा स्थानान्तरण गरिएको थियो  । पछिल्ला वर्षमा शिकारीले गैँडा मार्न नपाए पनि प्राकृतिक कारणले धेरै गैँडा मरेका छन् । चालू आर्थिक वर्षमा निकुञ्जमा ४१ गैँडा प्राकृतिक कारणले मरेका छन् । कतिपय गैँडा निकुञ्जको भित्री भागमा मरेको भए पनि पत्ता लाग्दैन ।

गैँडाको संरक्षण र गणनामा हरियो वन, जुलोजिकल सोसाइटी अफ लन्डन नेपाल (जेडएसएल नेपाल), विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) लगायतले सहयोग गर्दै आएका छन् । गैँडा गणनामा एक करोड रुपैयाँभन्दा बढी खर्च हुने गर्छ । दाताले  खर्च दिन नसकेपछि गणनाका लागि अर्काे वर्ष कुर्नु परेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप