बैशाख ४, काठमाडौं । कामना न्युज पब्लिकेसनका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ । थापाथलीमा रहेको नर्भिक हस्पिटलमा उपचारका क्रममा बुधबार बिहान ११ श्रेष्ठको निधन भएको हो ।

करिब ५ महिनाअघि नाकमा समस्या देखिएका कारण उनको राजधानीको वयोधा अस्पतालमा नाक र त्यसलगत्तै ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । उक्त शल्यक्रिया लगत्तै पत्रकार श्रेष्ठमा विभिन्न स्वास्थ्य समस्या देखापर्दै आएका थिए ।

त्यसपछि उनको नर्भिक अघि भारतको मेदान्त अस्पतालमा पनि उपचार भएको थियो । मेदान्त अस्पतालमा दुई महिना उपचार गराएर फर्किएका उनले नर्भिक अस्पतालमा फिजोयोथेरापी लगायतका विधिबाट उपचार गर्न गरिँदै आएको थियो ।

पछिल्लो समय चिकित्सकले उनमा जीबीएस भाइरसको संक्रमण भएको आशंका गरिएको थियो । श्रेष्ठको पार्थिव शरीरको अन्त्येष्टी दिउँसो ३ बजे पशुपति आर्यघाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ ।