Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पन्ध्र हजार सेना परिचालित

२०७६, २९ असार आईतवार १६:४४

असार २९, काठमाडौँ । नेपाली सेनाले मुलुकभर बाढी र पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि २२ जिल्लाका ४८ स्थानमा डुङ्गालगायत आवश्यक खोज तथा उद्धारका सामग्रीसहित विभिन्न युनिटबाट १५  हजार फौज परिचालन भएको जनाएको छ । 

परिचालित फौजले खोज तथा उद्धार, राहत वितरण, मेडिकल क्याम्प खडा गरी उपचार, कमला नदीमा बाँध बाँध्ने, थुनिएका खोला, ढल, नाली खोल्ने तथा तटबन्ध निर्माणलगायतका कार्यलाई निरन्तरता दिइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाले हवाई साधनबाट राहत सामग्री ढुवानी, पहिरो पन्छाई राजमार्ग तथा सहायक मार्गहरु सञ्चालन गर्ने कार्यलगायत अन्य मानवीय सहयोगका कार्यलाई तीव्रता दिएको निर्देशनालयमार्फत जारी विज्ञप्तिमा उल्लेख छ ।

 सेनाले शनिबारदेखि हालसम्म बाढी र पहिरोबाट अति प्रभावित क्षेत्रमा ४९५ जनाको सकुशल उद्धार गरेको छ भने बाढीरपहिरोमा परी मृत्यु भएका १२ जनाको शव निकालिएको र १५ जना बेपत्ता भएका व्यक्तिको खोजकार्यलाई जारी राखेको छ ।  

इलाम, धनकुटा, तेह्रथुम, काभ्रेपलाञ्चोक, भक्तपुर, रसुवा, रुपन्देही, बर्दिया र डोल्पामा खटिएका फौजबाट पहिरो पन्छाई खोज तथा उद्धार कार्यको अतिरिक्त अवरुद्ध सडकलाई सञ्चालन गर्ने कार्य भइरहेको छ ।

 यसैगरी मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, रौतहट, महोत्तरी, बारा, पर्सा, दाङ, ललितपुर र काठमाडाँैमा सेनाले खोजी तथा उद्धारको अतिरिक्त थुनिएका खोला, ढल, नाली खोल्ने तथा तटबन्ध निर्माण कार्यमा सहयोग पु¥याइरहेको छ ।

सप्तरीमा सेनाले ८५ घरपरिवारलाई खाद्यान्नलगायतका राहत सामग्रीहरु वितरण गर्नाका साथै उदयपुरमा मेडिकल क्याम्प खडा गरी स्थानीयवासीलाई उपचारको प्रबन्ध गरेको छ भने बाढीबाट सिराहास्थित कमला नदीमा क्षति पुगेको हुँदा बाँध बाँधी क्षतिको जोखिमलाई न्यूनीकरण गर्न फौज खटिएको विज्ञप्तिमा उल्लेख छ ।

सेनासँग भएका विपद्को समयमा प्रयोग हुने स्रोत, साधन तथा जनशक्तिसहित इटहरी, धनुषा र काठमाडाँैमा हेलिकोप्टर तयारी अवस्थामा रहनाको साथै प्रत्येक जिल्लामा तैनाथ युनिटमा आपत्कालीन उद्धार सामग्रीसहित तयारी हालतमा राखिएको छ ।

साथै गृह मन्त्रालयबाट बाढी र पहिरो प्रभावित इलाकामा पठाउन तयार गरिएका पाललगायतका अन्य राहत सामग्रीहरु सेनाको हेलिकोप्टरबाट ढुवानी गर्ने व्यवस्था मिलाइएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश