By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    36 minutes ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 hour ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    1 hour ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    2 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    7 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    7 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    7 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: पढाइ खर्च दिने नाममा २५०० जनासंग ठगि …
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > पढाइ खर्च दिने नाममा २५०० जनासंग ठगि …
काठमाडौँ - KTMसमाज

पढाइ खर्च दिने नाममा २५०० जनासंग ठगि …

साझासवाल
Last updated: July 25, 2019 3:41 pm
साझासवाल
4 Min Read
Share

साउन ९, काठमाडौँ (रासस) |  एक हजार रुपैयाँ दिए बालबालिकाको पढाइका लागि रु पाँच हजार आउँछ भन्दै पैसा उठाइन्छ । स्थानीय समुदाय पैसा आउने लोभमा खुरुखुरु आफ्नो र परिवारको कागजपत्रसहित रु एक हजार बुझाउँछन् । एक–दुई जना होइन पैसा बुझाउन सयौँ व्यक्तिको लर्को लाग्छ । यस्तो असुल कार्य जिल्ला वा विकट गाउँमा नभई मुलुकको राजधानी नै हुन्छ । जब प्रहरीमा घटना पुग्छ, स्थानीय समुदाय छाँगाबाट खसेजस्तो गरी तर्सन्छन् । यस्तै घटनाले अहिले दुई हजार ५०० भन्दा बढी स्थानीय पीडित बन्न पुगेका छन् ।

घटना काठमाडौँस्थित कोटेश्वरको हो । सर्भाइबल फाउण्डेशन नामक संस्थाले बालबालिकालाई पठनपाठनका लागि विदेशबाट पैसा आउने लोभ देखाएर हरेक व्यक्तिसँग रु एक–एक हजारका दरले रकम उठाएको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा अहिलेसम्म उनीहरुबाट झण्डै रु २५ लाख उठाएको पाइएको छ । अन्य सयौँ व्यक्तिसँग पनि रु एक हजारका दरले लाखौँ पैसा उठाएको भन्ने जानकरी आएकाले प्रहरीले थप अनुसन्धान गरिरहेको छ । “पैसा लिएको भनेर धेरैको निवेदन आएको छ, ठग्ने मनसायले नै गरीबसँग पैसा लिएको देखिन्छ, अनुसन्धान पछि धेरै कुरा बाहिर आउँला”, बोगटीले भन्नुभयो ।

नेटवर्किङ व्यवसायको नाममा करोडौं रुपैयाँ ठगी गरेको घटना यसअघि पटकपटक भएको थियो । त्यस्ता घटना अहिले अलि सेलाएको छ । यसपटक अलि फरक किसिमबाट गरीब तथा विपन्न समुदायलाई प्रलोभनमा पारेर लाखौँ रुपैयाँ सङ्कलन गरेको घटना सार्वजनिक भएको छ ।

सर्भाइबल फाउण्डेशनले बालबालिकाको रजिष्ट्रेशनका लागि भन्दै व्यक्तिबाट रु एक हजारका दरले पैसा असुलेको हो । विदेशबाट पैसा आएपछि रु पाँच हजारका दरले दिर्नेे भनेकाले आफूहरुले कागजपत्रसहित रु एक हजार दिएको बानेश्वर प्रहरी वृत्तमा पैसा फिर्ता माग गर्दै आइपुग्नुभएकी एक महिलाले बताउनुभयो । सयौँ महिला पैसा र कागजात फिर्ताको माग गर्दै प्रहरीमा आइपुगेका छन् ।

कुनै पनि संस्थाले यसरी पैसा उठाउन पाउने कानूनी प्रावधान नभएको प्रहरीको दाबी छ । संस्थाविरुद्ध ठगी गरेको भन्दै केही व्यक्तिले उजुरी गरेपछि प्रहरीले संस्थाका चार जना पदाधिकारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेका संस्थाका अध्यक्ष आइस्था परियार, प्रमुख कार्यकारी अधिकृत ईश्वरसिंह राउत, उपाध्यक्ष सोमरसिंह घलान र कोषाध्यक्ष विष्णुमायाँ दाहाल छन् । 

उनीहरुलाई ठगी मुद्दामा अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक (डिएसपी) दुर्गाराज रेग्मीले जानकारी दिनुभयो । संस्थाका महासचिव तेजबहादुर कार्की फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ । पक्राउ परेकाले सबै काम कार्कीले गरेको भनेर बताइरहेको प्रहरीले बताएको छ । 

उक्त संस्थाले बढी पैसा आउने भन्दै रजिष्ट्रेशन शुल्कको नाममा पैसा असुलेको पाइयो, अहिलेसम्म झण्डै दुई हजार ५०० को नाम दर्ता भएको फाइल हामीले बरामद गरेका छौँ, ठगी मुद्दामा अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान गर्दैछौँ”, वृत्तका प्रहरी नायब उपरीक्षक रेग्मीले भन्नुभयो ।

स्थानीयका अनुसार झण्डै चार हजार व्यक्तिसँग पैसा असुल गरिएको छ । कतिलाई रसिद दिइएको छ भने कतिबाट त्यसै पैसा सङ्कलन गरिएको छ । प्रहरीको अनुसन्धानले रु २५ लाख रकम उठाएको अनुमान छ । उनीहरु पक्राउ परेपछि पैसा बुझाएका रकम र बुझाइएको व्यक्तिगत विवरण फिर्ताको माग गर्दै प्रहरीमा पुगेका छन् ।संस्था भने समाज कल्याण परिषद्मा गैरनाफामुखी भनेर एक वर्षअघि दर्ता भएको पाइएको छ । बालबालिकाको विवरण पठाएपछि विदेशबाट पैसा आउने र त्यही पैसा वितरण गर्ने लोभमा गरीब परिवारले पैसा दिएको पाइएको प्रहरीले जनाएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article कतारको रोजगारी त्यागेर योग चिन्तनमा भेटवाल
Next Article काठमाडौँको कपुरधारामा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किदा एक जनाको मृत्यु, दुुई जना घाइते
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

मुस्ताङका सबै गाविसमा सञ्चारको सुविधा

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

कुवेतमा एक नेपाली झुन्डिएको अवस्थामा फेला

57 years ago
काठमाडौँ - KTMललितपुर - LLTसमाज

पाटन दरबार स्क्वायरमा एकद्वार प्रणाली सुरु

57 years ago
काठमाडौँ - KTMसमाज

दशैंका लागि अग्रिम बुकिङ भोलिदेखि खुल्ने

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?