Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियाद्वारा दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

२०७६, १५ श्रावण बुधबार ०७:१४

साउन १५, सियोल,  (रासस-एएफपी)  । उत्तर कोरियाले एकपछि अर्को अत्याधुनिक हातहतियारको परीक्षण गरिरहेको दक्षिण कोरियाले आरोप लगाएको छ । उत्तर कोरियाले बुधबार दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । 

संयुक्त राज्य अमेरिकासँग मिलेर दक्षिण कोरियाले संयुक्त सैनिक अभ्यास गर्न लागेकोप्रति असन्तोष प्रकट गरेको उत्तर कोरियाले पछिल्ला केही महिनादेखि चरणबद्ध रुपमा हातहतियारको परीक्षण गरिरहेको छ ।

उत्तर कोरियाको वोनसान क्षेत्रबाट पूर्वी तटीय क्षेत्रमा बुधबार बिहानै दुई वटा क्षेप्यास्त्र प्रहार गरिएको र यो करिब २५० किलोमिटर टाढा झरेको दक्षिण कोरियाली प्रधान सेनापतिले बताउनुभएको छ ।

सेनापतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा निरन्तर भइरहेका हतियार परीक्षणले कोरियाली द्वीपमा उत्पन्न तनाब कम हुन नसक्ने जनाउँदै उत्तर कोरियालाई धैर्य राख्न अनुरोध गरिएको छ ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले पारित गरेको प्रस्तावमा उत्तर कोरियालाई ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्न प्रतिबन्ध लगाइएको छ तर एक हप्ताभित्रै उत्तर कोरियाको यो दोस्रो क्षेप्यास्त्र प्रहार हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच भेटवार्ता भएको एक महिना नपुग्दै दुई पटक क्षेप्यास्त्र परीक्षण र पनडुब्बी परीक्षण गरिएका छन् ।

उत्तर कोरिया र अमेरिकाबीच उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र कार्यक्रम सुल्झाउने बारेमा कूटनीतिक प्रयत्न भइरहेको छ । यही सिलसिलामा एकै वर्षभित्र उत्तर कोरिया र अमेरिकाका शीर्ष नेताहरुबीच तीन पटक भेटवार्ता भइसकेको छ ।

कोरियाली संकट समाधानका बारेमा केही अघि अबरुद्ध भएको वार्ता पुनः शुरु गर्ने सहमति भएको छ, तर त्यस्तो वार्ता अझै शुरु हुन सकेको छैन । 

राष्ट्रसंघीय प्रतिबन्धका कारण मुलुकको अर्थतन्त्र थिल्थिलो भए पनि उत्तर कोरियाले आणविक र अन्य अत्याधुनिक हतियार निर्माणको कार्यलाई तिब्र बनाइरहेको छ ।

उत्तर कोरियाले निर्माण गरिरहेका आधुनिक र लामो दूरीसम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्रका कारण क्षेत्रीय र विश्व शान्तिमा असर पर्ने खतरा देखिएको अमेरिकी बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश