भदौ १४, काठमाडौं । नागरिकको विवरण र सरकारी कामकारबाहीको तथ्यांक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआइटिसी) मा रहन्छ ।

सबै सरकारी वेबसाइटको तथ्याङ्कहरु यसमै भण्डारण हुन्छ । केहीअघिसम्म सरकारी कार्यालयको वेबसाइटको तथ्यांकहरु निजी कम्पनीका सर्भरमा राख्ने गरिएको भए पनि अहिले सबै तथ्याङ्क केन्द्रमै रहन्छ ।

तर, एनआइटिसीको सर्भरमा जोडिएका सरकारी वेबसाइट र इमेल पटकपटक ह्याकरको निसानामा परेको खबर सुनेकाहरुले मन्त्रिपरिषद्को साइबर बैठकको सुरक्षामा प्रश्न उठाएका छन् ।

अध्ययनअनुसार २०१७ मा १६० र सन् २०१८ मा सयवटा सरकारी वेबसाइटमा ह्याकरको पहुँच पुगेको थियो । साइबर सुरक्षामा काम गर्ने एक नेपाली कम्पनीले गरेको अध्ययनअनुसार एनआइटिसीको सर्भरमा ‘हर्टब्लिड’ नामक एक सुरक्षा कमजोरी छ ।

नागरिकका विभिन्न प्रकारका गोपनीय निजी विवरण संकलनमा हतारिने सरकारले ह्याकरबाट जोगाउने बलियो व्यवस्थापन गर्न सकेको छैन ।

यो समाचार कान्तिपुर दैनिकमा विजय तिमल्सिनाले लेखेका छन् ।