२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुकुम (पूर्व)मा आलु उत्पादनमा कमी

२०७६, १९ पुष शनिबार ०४:४८

पुष १९, रुकुम | रुकुम (पूर्व) मा यस वर्ष आलु उत्पादनमा कमी आएको छ । सबैभन्दा बढी आलु उत्पादन हुने जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकामा यस वर्ष आलु उत्पादनमा आधाभन्दा बढी कमी आएको छ । जिल्लाको आलु खानको लागि निकै स्वादिष्ट पनि हुने गरेको छ । मानिसले प्राङ्गारिक मलको प्रयोग गर्ने र अर्गानिक आलु उत्पादन गर्ने गर्छन् । 

गत वर्ष १५ क्विन्टल आलु उत्पादन गर्न सफल भएकोमा यस वर्ष भने मुस्किलले त्यसको आधा मात्रै आलु उत्पादन भएको पुथाउत्तरगङ्गा गाउँपालिका–२ का कृषक माया पुनले बताउनुभयो । उहाँजस्तै वडा नम्बर १ मैकोटकी समसाली पुन पनि आलु उत्पादनमा कमी आउदा चिन्तित हुनुहुन्छ । उहाँले गत वर्ष तीन क्विन्टल आलु उत्पादन गर्नुभएको थियो । यस वर्ष भने एक क्विन्टल मात्र आलु उत्पादन भएको उहाँको भनाइ थियो । 


पुथाउत्तरगङ्गा गाउँपालिकावासीको लागि आलु मकै पछिको दोस्रो प्रमुख बाली हो । यस वर्ष मकै उत्पादनमा वृद्धि भएको तर आलु उत्पादनमा भने कमी आएको स्थानीय बताउँछन् । उक्त ठाउँमा आलु उत्पादनमा वृद्धि हुँदा मकै उत्पादनमा कमी आउने र मकै उत्पादनमा वृद्धि हुँदा आलु उत्पादनमा कमी आउने गरेको पुथाउत्तरगंगा गाउँपालिका–१ मैकोटका कर्मसाही घर्तीले बताउनुभयो । उहाँका अनुसार वडा नम्बर १ मैकोटमा गत वर्षमा एक हजार ५०० क्विन्टलदेखि दुई हजार क्विन्टलसम्म आलु उत्पादन भएकोमा यस वर्ष भने १ नम्बर वडामा मुस्किलले ८०० देखि लिएर एक हजार क्विन्टल मात्र आलु उत्पादन भएको छ । 

यस वर्षमा आलु उत्पादनमा कमी मात्र नभई आलुको दाना पनि सानो फलेको कृषकले बताएका छन् । प्रतिकूल मौसम, प्राविधिक ज्ञानको कमी, माटो परीक्षण नगरी खेती गर्नेलगायतका कारणले आलु उत्पादनमा कमी आएको हुनसक्ने कृषक बताउँछन् । गाउँपालिकावासीले मकै पछिको दोस्रो प्रमुख बालीको रुपमा आलुलाई मान्ने र उत्पादन पनि धेरै गर्ने गरेको पुथाउत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले बताउनुभयो । आलु उत्पादनलाई निरन्तरता दिन र कृषकको समस्यालाई समाधान गर्न गाउँपालिकाले प्राविधिकको पनि व्यवस्था गर्ने उहाँले बताउनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता