वैशाख १४, काठमाडौँ | नेपालमा कोरोना संक्रमितको शंख्या ५१ पुगेको छ । नयाँ संक्रमितहरु वीरगन्जका दुई जना पुरुषहरु भएको स्वास्थ्य तथा जनशंख्या मन्त्रालयले जानकारी दिएको छ ।

वीरगंजका ५० वर्षीय २ पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा वीरगन्जका ५० वर्षीय २ पुरुषमा कोरोनाको संक्रमण देखिएको उनले बताए ।

उनका अनुसार कोरोना संक्रमण देखिएका दुवै जना अहिले आइसोलेसनमा उपचाररत छन् । दुवै जनाको अवस्था सामान्य छ ।

वीरगन्जका २ जनामा कोरोना संक्रमण देखिएसँग नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । नेपालमा हालसम्म १२ जना संक्रमित कोरोनालाई जितेर उपचारपछि घर फर्कि सकेका छन् ।