<p><b>वैशाख ३, काठमाडौँ ।</b> सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिश गरिएका दुई न्यायाधीशलाई अनुमोदन गरेको छ । समितिले डा कुमार चुँडाल र नहकुल सुवेदीको सिफारिशलाई सर्वसम्मतिले अनुमोदन गरेको हो ।<br></p><p>समितिका सभापति लक्ष्मणलाल कर्णका अध्यक्षतामा बसेको समितिको बैठकले आजै सुनुवाइ गरेको थियो । यसअघि सुवेदीका विरुद्ध योग्यताका विषयलाई लिएर सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेज भएको थियो ।</p>
