साउन ६, काठमाडौँ | सरकारले १८ वर्षमाथि उमेरसमूहका सबैले जोन्सन एन्ड जोन्सनको खोप पाउने भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले १८ वर्ष उमेर समूहका माथिका लागि खोप दिने निर्णय भएको जानकारी दिएका छन् ।

जोन्सन खोप एक मात्रा मात्र लगाए हुन्छ । यसअघि यो खोप ५० देखि ५४ वर्ष उमेर समूहकालाई दिइएको थियो । साथै, पूर्ण र अति अशक्त अपाङ नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघिका छुटेका फ्रन्टलाइनरहरुलाई पनि यो खोप लगाइएको थियो ।

यो खोप वैदेशिक रोजगारमा जाने युवाहरुले पनि लगाउन पाएका थिए । स्वास्थ्य सेवा विभागले काठमाडौंलाई १ लाख ४० हजार डोज जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो । दुई दिनसम्म खोप कार्यक्रम सञ्चालन गर्दा पनि झण्डै एक लाख डोज खोप बाँकी रहेपछि ती खोप १८ वर्षभन्दा माथिका नागरिकलाई दिने निर्णय गरेको प्रजिअ पराजुलीले बताए । ‘कति नागरिकलाई खोप दिन पुग्छ, त्यही अनुसार खोप कार्यक्रम अगाडि बढ्छ,’ उनले भने ।