By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    2 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    5 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    6 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    6 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    9 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    9 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    9 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: लिम्पियाधुरा, लिपुलेक र कालापानीमा जनगणना गर्न सुपरिवेक्षकहरू नजाने
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > लिम्पियाधुरा, लिपुलेक र कालापानीमा जनगणना गर्न सुपरिवेक्षकहरू नजाने
काठमाडौँ - KTMसमाज

लिम्पियाधुरा, लिपुलेक र कालापानीमा जनगणना गर्न सुपरिवेक्षकहरू नजाने

साझासवाल
Last updated: September 16, 2021 5:29 pm
साझासवाल
5 Min Read
Share

न्युज कारखाना | भदौ ३०, काठमाडौं | बुधबारदेखि १२औँ राष्ट्रिय जनगणनाको घर तथा घरपरिवार सूचीकरण सुरु भएको छ । जनगणनामा ७ जेठ २०७७ मा सरकारले जारी गरेको नयाँ नक्सामा समावेश लिम्पियाधुरा, लिपुलेक र कालापानीमा गणना हुन्छ कि हुँदैन भन्ने चासो सर्वत्र छ।

Contents
  • वैकल्पिक विधि: स्याटलाइट इमेज
  • तथ्यांक विभागको प्रक्षेपण: नेपालको जनसंख्या ती करोड पाँच लाख
  • आठ हजार ५०० गणक, ७० हजार घरमा पुग्ने
  • काठमाडौं उपत्यकामा ट्याब्लेटबाट, बाहिरी जिल्लामा कागजी

केन्द्रीय तथ्यांक विभागले १० वर्षको अवधिमा जनसंख्या ४० लाख बढ्ने अनुमान गरेको छ ।

दार्चुलाका जिल्ला जनगणना अधिकारी पदमराज पाण्डेले त्यस क्षेत्रमा भौतिक रूपमा जान संभव नभएकाले सूचीकरणका लागि सुपरिवेक्षकहरू नजाने बताए । ‘नेपाली सेनाको नियन्त्रण क्षेत्रसम्म मात्र हामी सूचीकरण गर्न पुग्छौँ’, पाण्डेले न्युज कारखानासँग भने, नेपाली प्रशासन र नेपाली सेना उपस्थित नरहेका क्षेत्रमा हामी जान सक्दैनौँ । केन्द्रले जान भनी निर्देशन दिन्छ भने हाम्रो जीउ-धनको सुरक्षाको सुनिश्चितता गर्नुपर्छ ।’

जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले यस विषयमा सुरक्षा निकायबीचको छलफल बाँकी रहेको बताए । उनी भन्छन्, ‘गणना कहिले र कसरी सुरु गर्ने भनेर सुरक्षा निकाय तथा प्रशासनबीच छलफल हुन बाँकी नै छ। छलफलको निष्कर्षपछि विभागसँग समन्वय हुनेछ ।’

केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले यस विषयमा नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सुरक्षा निकायबीच छलफल जारी रहेकाले छलफलको निचोडपछि मात्र गणना के कसरी गर्ने भनेर तय हुने बताए । ‘भौगोलिक हिसाबले उक्त क्षेत्र नेपालमा परे पनि प्रशासनिक रूपमा अझै पनि सो क्षेत्र हाम्रो नियन्त्रणमा छैन’, लामिछानेले न्युज कारखानासँग भने, ‘सुपरिवेक्षकहरू भौतिक रूपमा जान नसकेका अवस्थामा वैकल्पिक विधिको प्रयोग गरेर सूचीकरण गर्नेछौँ।’

वैकल्पिक विधि: स्याटलाइट इमेज

विश्वका द्वन्द्वग्रस्त मुलुकहरूमा पनि स्याटलाइट इमेज विधि प्रयोग गरी तथ्यांक लिने गरिएको पाइन्छ । नेपालमा भने गणना क्षेत्र नक्सा बनाउँदा स्याटलाइट इमेज विधिको प्रयोग आवश्यकताअनुसार गरिँदै आएको छ । यस विधिद्वारा निश्चित क्षेत्रको इमेज लिएर घरको संख्या लिने र त्यसबाटै औसत घर सूचीकरण गर्न सकिने योजना विभागसँग रहेको छ ।

विभागका निर्देशक लामिछानेका अनुसार अहिले त्यस क्षेत्रमा रहेका ३०० देखि ४०० घरपरिवारलाई यस विधिबाट सूचीकरण गराउन अप्ठ्यारो छैन । उनका अनुसार मूल गणनामा कसरी समावेश गराउने भन्ने विषयमा छलफल हुन अझै बाँकी नै छ ।

तथ्यांक विभागको प्रक्षेपण: नेपालको जनसंख्या ती करोड पाँच लाख

नेपालमा मृत्युदरभन्दा जन्मदर बढी भएकाले अबको जनसंख्या ४० लाख बढेर तीन करोड पाँच लाख पुग्ने अनुमान तथ्यांक विभागले गरेको छ । राष्ट्रिय जनगणना- २०६८ अनुसार नेपालको जनसंख्या दुई करोड ६५ लाख थियो । 

तथ्यांक विभागका कम्पयुटर अधिकृत डोलनारायण श्रेष्ठका अनुसार सोही प्रक्षेपणलाई आधार मानेर आजदेखि राष्ट्रिय जनगणना सुरु भएको छ। ‘२०६८ सालको जनगणनामा देखिएको जन्मदर र मृत्युदर कायमै रहेको विभागको बुझाइ छ’, श्रेष्ठले न्युज कारखानासँग भने, ‘सो जन्मदर र मृत्युदर कायम रहेको खण्डमा नेपालीको जनसंख्या अब ४० लाख बढेर तीन करोड पाँच लाख हाराहारीमा पुग्ने देखिन्छ ।

१२औँ राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत बुधबारदेखि घर तथा घरपरिवार सूचीकरण जारी छ । यसअघि गत २५ जेठदेखि जनगणना गर्ने कार्यक्रम तय गरिएकोमा कोरोना महामारीका कारण जनगणना स्थगित गरिएको थियो ।

साढे तीन महिना धकेलिएको यो कार्यक्रम ‘मेरो जनगणना, मेरो सहभागिता’ भन्ने नारासहित देशभर जनुसंख्या संकलन सुरु भएको छ । हाल कोरोनाको संक्रमणदर घट्दै गएको, लकडाउनको अवस्था नरहेको र जनजीवन सामान्य बन्दै गएको अवस्थालाई मध्यनजर गर्दै सरकारले सूचीकरण अभियान सुरु गरेको हो ।

आठ हजार ५०० गणक, ७० हजार घरमा पुग्ने

राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको नयाँ तालिकाअनुसार ३० भदौदेखि १८ असोज अर्थात् २० दिनसम्म घर तथा घरपरिवार सूचीकरणको काम हुनेछ । २७ र २८ भदौमा तालिमप्राप्त आठ हजार ५०० सुपरिवेक्षक सूचीकरणमा खटिएका छन् । सुपरिवेक्षकहरू देशभरका करिब ७० हजार घरपरिवारमा पुग्नेछन् ।

सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्या विवरणमा भरिनेछ । साथै, व्यक्तिगत घरको प्रकार, घरको संख्या, तला र घरको प्रयोजन खुलाइनुका साथै प्रत्येक घरपरिवारले पालेका पशु र पक्षीको संख्या, जग्गाजमिन, सम्पत्ति विवरण, बैंक खातालगायतका विवरण भरिनेछ ।

काठमाडौं उपत्यकामा ट्याब्लेटबाट, बाहिरी जिल्लामा कागजी

यस पटकको गणनामा काठमाडौं उपत्यकामा दुई हजार २०० वटा ट्याबलेट (पेपरलेस) प्रयोग गरी सूचीकरण सुरु गरिएको छ भने अन्य स्थानमा कागजी फर्म नै भरिनेछ।

घर तथा घरपरिवार सूचीकरणको काममा सहयोग पुर्‍याउन सबै उत्तरदातालाई विभागले अनुरोध गर्दै जनगणनाको अपनत्व लिइदिन आग्रहसमेत गरेको छ।

मूल जनगणना भने ५ कात्तिकदेखि ९  मंसिरसम्म हुनेछ ।  मूल जनगणनामा ३९ हजार गणकले प्रत्येक घरपरिवारमा मूल प्रश्नावली सोध्नेछन्  । 

नेपालमा १९६८ सालमा श्री ३ चन्द्रशमशेर जबराको पालामा पहिलो राष्ट्रिय जनगणना भएको थियो । त्यसयता हरेक १०-१० वर्षमा जनगणना हुँदै आएको छ । यद्यपि, पाँचौँ राष्ट्रिय जनगणना निर्धारित मितिभन्दा पछि सम्पन्न भएको थियो, जसलाई ‘जनगणना- २००९/०११’ भनिन्छ ।  यो जनगणना मुलुक संघीयतामा प्रवेश गरेपछिको पहिलो जनगणनासमेत हो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article श्रीमान् विदेशमा: अवैध सम्बन्धबाट जन्मिएको शिशुको घाँटी निमोठीयो, श्रीमती जेल चलान
Next Article नयाँ कीर्तिमान: चार सर्वसाधरण अन्तरिक्षमा पठाइयो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

कसैले चिन्ता नगरे हुन्छ, वामपन्थीले अधिनायकवादको बाटो समात्दैन: नेता नेपाल

57 years ago
काठमाडौँ - KTMसमाज

कोरोना भाइरसका एक दर्जन भेरियन्ट, नेपालमा एउटाको मात्रै पहिचान गर्न सकिने

57 years ago
काठमाडौँ - KTMसमाज

सर्लाही गोलीकाण्ड : नेकपाका कार्यकर्ता भारतबाट पक्राउ

57 years ago
चितवन - CTWसमाज

चितवनमा हात्तीको आक्रमणबाट एकको मृत्यु

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?