<p><b>पुस ९, काठमाडौँ |</b> प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार उनी शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।<br></p><p>संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत उनी बस्दै आएको क्वाटरमै झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनी एआईजी विश्वराज पोखरेल र सहकुल थापाका ब्याच मेट हुन् ।</p><p>प्रहरीले उनको मृत्युबारे अनुसन्धान सुरु गरिएको बताएको छ ।</p>
