<p><b>जेठ १, जाजरकोट | </b>नलगाड नगरपालिका-२ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर खत्री निर्वाचित भएका छन् ।<br></p><p>निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका खिमलाल जैसीलाई पछि पार्दै खत्री निर्वाचित हुनुभएको हो ।</p><p>खत्रीले ३८७ मत प्राप्त गरे । जैसीले ३३४ मत पाए । एमालेका उम्मेदवार बालजित पुनले ७२ मत प्राप्त गरेका थिए । </p>
