Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

चराङ—छोसेर सडक धमाधम स्तरोन्नति

२०८२, ९ बैशाख मंगलवार १२:४९

काठमाडौँ | उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत उपल्लो मुस्ताङको चराङ–छोसेर २५ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ । विसं २०७५ मा निर्माण सम्पन्न भई आयोजनालाई हस्तान्तरण भइसक्नुपर्ने सो सडक निर्माण कम्पनीको ढिलासुस्ती र बेवास्ताका कारण स्तरोन्नति हुन सकेको थिएन ।

आर्थिक वर्ष २०७३÷७४मा जोमसोम–कोरला ११० किलोमिटर ग्राभेल सडक सात खण्डमा विभाजन गरी स्तरोन्नति सुरु गरिएको थियो । सात खण्डमध्ये जोमसोम—झैते चार खण्ड र झैते—कोरला तीन खण्ड गरी सात खण्डको ११ मिटर चौडा ग्राभेल एकैसाथ ठेक्का लागेको थियो । दुई अर्ब छ करोड लागतमा ठेक्का लागेको सडकको सात खण्डमध्ये ६ खण्ड ग्राभेल भई सडक आयोजनालाई हस्तान्तरण भएको वर्षौँ बितिसकेको छ ।

तामाङ—गौरी पावती, कोशी एन्ड न्यौपाने जेभीले ११ मिटर चौडा हुनेगरी २५ किलोमिटर चराङ—छोसेर सडक स्तरोन्नति गर्न रु २६ करोड लागतमा ठेक्का लिएको थियो । कम्पनीले ८० प्रतिशत भौतिक प्रगति गरी काम छाडेको थियो । काम नगरेपछि पटक÷पटकको पत्राचार, ताकेता र कालोसूचीमा राख्ने जनाएपछि गत वर्षमा मात्रै ‘ज्वाइन्ट पार्टनर’ गौरी पार्वतीले कालो सूचीबाट जोगिन चराङ–¬छोसेर सडक निर्माण सुरु गरेको हो । चालु आर्थिक वर्षको असारभित्रै आयोजनालाई सडक हस्तान्तरण गर्ने गरी अधुरो सडक स्तरोन्नति भइरहेको गौरी पावती कन्स्ट्रक्सनका साइट इञ्चार्ज विष्णु अर्यालले जानकारी दिनुभयो ।

अर्यालका अनुसार चराङको भिर काट्ने काम तीन दिनभित्र सम्पन्न हुने र अन्य स्थानमा काम सकिएको छ । सडकको ९३ प्रतिशत भौतिक प्रगति भइसकेको र चराङ बजारभित्र करिब एक किमी सडकमा सडक ग्राभेल गर्न बाँकी रहेको उहाँले बताउनुभयो । सडक आयोजनाका प्रमुख ध्रुव झाले चराङ—छोसेर सडकको ग्राभेल ठेक्का चालु वर्षको असारभित्रै सम्पन्न हुने दाबी गर्नुभयो । योसँगै जोमसोम—कोरला ११० किमी ग्राभेल सडक पूरा हुने आयोजना प्रमुख झाले जनाउनुभयो । जोमसोम—कोरला ग्राभेल सडकअन्तर्गत आयोजनाले चालु आर्थिक वर्षको असोजमा जोमसोम—कागबेनी १३ किमी दूरीमा कालोपत्र विस्तार गरिसकेको छ ।

यसैगरी, चालु आर्थिक वर्षमा कागबेनीदेखि छुसाङसम्मको करिब १० किलोमिटर ग्राभेल सडकमा कालोपत्र गर्ने नयाँ ठेक्का आयोजनाले खुलाएको छ । यसका लागि १० करोड बजेट विनियोजन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश