असार ५, काठमाडौं | सुनसरी, नवलपरासी (पश्चिम), सप्तरी, नवलपरासी (पूर्व), रुपन्देही, मकवानपुर र तनहुँमा सात जना मृत अवस्थामा फेला परेका छन् ।

सुनसरीको कोशी गाउँपालिका–८ स्थित कोशी नदीको किनारामा रामधुनी नगरपालिका–१ बस्ने ६६ वर्षीय परशुराम खड्का आइतबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी(पश्चिम)को सुनवल नगरपालिका–१० भुजुवा टोलस्थित तुरिया खोलाको बगरमा सोही नगरपालिका–३ बस्ने ५५ वर्षीय दीपक भुषाल शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौना चोकस्थित ना.६ ख ३३७२ नम्बरको ट्रकभित्र सुतिरहेका सोही ट्रकका चालक सुनसरी रामधुनि ननगरपालिका–२ झुम्का बस्ने ४० वर्षीय बसन्त चौधरी शनिबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी(पूर्व)को देवचुली नगरपालिका–९ मिलनटोलस्थित मकैबारीमा कावासोती नागरपालिका–१२ बस्ने ६२ वर्षीय रुप बहादुर बिक शनिबार मृत अवस्थामा फेला परेका छन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ स्थित निर्माणधिन घर नजिक सडक छेउमा घर बनाउने लेवर काम गर्ने बर्दिया राजापुर नगरपालिका–२ घर भएका ३० वर्षीय तुल्सीराम थारु आइतबार मृत अवस्थामा फेला परेका छन् ।

मकवानपुरको भिमफेदी गाउँपालिका–८ महादेवटारस्थित पाँचचर सामुदायिक जंगलमा हाल पहिचान नखुलेका पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

तनहुँको आबुखैरेनी गाउँपालिका–२ मार्की चोकस्थित मस्याङ्दी नदीको ड्याममा हाल पहिचान नखुलेका करिब ३५ वर्षीय पुरुष शनिबार मृत अँवस्थामा फेला परेका छन् ।

सबै घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।