2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वीटजरल्याण्ड उड्न लागेको बेलायती दम्पत्ति काठमाडौं विमानस्थलबाट पक्राउ?

भदौ ६, काठमाडौं | स्वीटजरल्याण्ड जान लागेका बेलायती दम्पत्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेका छन्। बेलायती दम्पत्तिलाई शनिबार विमानस्थलस्थित अध्यागमनको टोलीले नियन्त्रणमा लिएको हो। 


पक्राउ पर्नेमा बेलायती नागरिक म्याथु विलियम हर्ले र उनकी पत्नी लाउसा जेन हर्ले छन्। उनीहरुलाई अहिले प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ।स्रोतका अनुसार १४ वर्षीया एक नेपाली बालिकालाई तस्करी गरेर विदेश लैजान लागेको आरोपमा उनीहरु पक्राउ परेका हुन्। ती बालिकालाई स्वीटजरल्याण्ड लैजान लागेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो। तर उनीहरु किन पक्राउ परे भन्नेबारे आधिकारिक रुपमा कुनै निकायले बताउन चाहेको छैन। 

बेलायती दम्पत्तिलाई पक्राउ गरेर अध्यागमन कार्यालयले प्रहरीलाई बुझाएपछि प्रहरीले उनीहरुमाथि अनुसन्धान गरिरहेको छ। प्रहरी स्रोतले बालिका तस्करी गर्न लागेको अरोपमा पक्राउ गरिएको बताए पनि यसबारे औपचारिक रुपमा कसैले प्रतिक्रिया दिन मानेका छैनन्। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) भरत बोहराले भने चेकजाँचका क्रममा अध्यागमनका कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा बेलायती दम्तत्तिलाई पक्राउ गरिएको बताए। अहिले उनीहरुमाथि अनुसन्धान सुरु गरिएको बोहराको भनाइ छ। 

पक्राउ परेका दुबैजनामाथि अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको छ। 

बालिका तस्करी गर्न लागेको आरोपमा पक्राउ परका हुन्? भन्ने प्रश्नमा एसएसपी बोहराको जवाफ छ, ‘स्कलरसिपमा पढाउन भनेर बालिका लेजान लागिएको भन्ने बुझिएको छ। के–कसरी लैजान लागेको हुन् भन्ने अहिले नै खुलेको छैन।’

धर्मपुत्री बनाएर लैजान अहिले प्रतिबन्ध रहेकाले उनीहरुले स्कलरसिपमा अध्ययन गराउने बहाना बनाएर मानव तस्करी गर्न लागेको भनिएपनि अहिलेसम्म उक्त विषय पुष्टि हुन नसकेको प्रहरी स्रोतको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक