भदौ ७, काठमाडौँ | अवैध तरिकाले ल्याएको सुनसहित प्रहरीले एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले भारतको पश्चिम बिहार राज्य घर भएका ३४ वर्षीय विकास महाजनलाई नियन्त्रणमा लिएको कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिए।

उनी सोमवार दिउँसो दुबई हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका थिए। विमानस्थलबाट बाहिरिएका महाजनलाई सिनामंगल गोल्डेन गेट नजिक रहेको ट्याक्सी पार्किङबाट नियन्त्रणमा लिइएको थियो। उनले लगाएको सेण्डोमा ४ सय ८ ग्राम सुन पेस्ट गरेर ल्याएका थिए।

त्यस्तै, अन्डरवेयरमा ३६९ ग्राम सुन त्यसै गरी नै ल्याएको प्रहरीले जानकारी दिएको छ।

उनको साथबाट जम्मा ७७७ ग्रामको सुन बरामद भएको एसपी कोइरालाले जानकारी दिए। उनले सुन दुबईबाट भारत लैजान लागेको प्रहरीको अनुसन्धानमा खुलेको छ।