By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    2 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    5 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    6 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    6 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    9 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    9 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    9 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: नेपाल सडक दुर्घटना: दशैँका बेला किन हुन्छ घातक सवारी दुर्घटना, यात्रा सुरक्षित गर्न के हुनुपर्छ
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > नेपाल सडक दुर्घटना: दशैँका बेला किन हुन्छ घातक सवारी दुर्घटना, यात्रा सुरक्षित गर्न के हुनुपर्छ
काठमाडौँ - KTMसमाज

नेपाल सडक दुर्घटना: दशैँका बेला किन हुन्छ घातक सवारी दुर्घटना, यात्रा सुरक्षित गर्न के हुनुपर्छ

साझासवाल
Last updated: September 28, 2022 11:31 am
साझासवाल
7 Min Read
Share

असोज १२, काठमाडौं | नेपालमा मनाइने दशैँ र तिहारजस्ता मुख्य चाडपर्वका बेला सडक दुर्घटनाका घटनाहरू हुने गरेका विवरणहरू आउने गरेका छन्।

मुख्य चाडपर्वकै बेला विशेषगरी राजधानी काठमाण्डूसहित सहरी क्षेत्रबाट दशैँतिहार मनाउन जाने मानिसहरू दुर्घटनामा परेका दु:खद खबरहरू सार्वजनिक हुन्छन्।

बुधवार मात्र मध्यपश्चिम नेपालको सल्यानमा एउटा जीप दुर्घटनामा पर्दा आठ जनाको ज्यान गएको सरकारी समाचारसंस्था राससले जनाएको छ।

सल्यानका प्रहरी नायब उपरीक्षक दामोदार केसीका अनुसार बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिकातर्फ जाँदै गरेको बुधवार सबेरै २ बजे दुर्घटना भएको थियो र आठै जनाको घटनास्थलमै मृत्यु भएको थियो।

मानिसहरूको आवतजावत बढी हुने चाडवाडका बेलामा खाले दुर्घटना बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अधिकारीहरू र विज्ञहरूले सुझाव दिएका छन्।

यद्यपि विज्ञका भनाइमा चाडपर्वमा हुने दुर्घटना घटाउन “दीर्घकालीन रूपमै कदम चाल्नुपर्ने” देखिन्छ।

सरकारी अधिकारीहरू भने चाडपर्वका बेला दुर्घटना न्यूनीकरणका लागि आवश्यक कदम चालिएको दाबी गर्छन्।

आवतजावतमा वृद्धि

सरकारी निकायहरूले दिएको जानकारीअनुसार दशैँतिहार जस्ता चाडपर्वका बेलमा विशेषगरी सहरी क्षेत्रबाट ग्रामीण क्षेत्रमा जाने र पर्व सकिएपछि फर्किने मानिसको सङ्ख्या निकै बढ्ने गर्छ।

त्यसका लागि सबैभन्दा धेरै सार्वजनिक यातायातको प्रयोग हुने गर्छ।

काठमाण्डू उपत्यकाबाट पनि अन्य बेलाको तुलनामा उपत्यकाबाट बाहिरिने मानिसको सङ्ख्या तीन गुनाभन्दा धेरैले बढ्ने ट्राफिक प्रहरीको भनाइ छ।

“अरू बेला दैनिक औसतमा २०,०००-२५,००० जना उपत्यकाबाट बाहिरिने गरेका छन्। दशैँका बेलामा भने ६०,००० भन्दा बढी मानिसहरू दैनिक रूपमा बाहिरिरहेका छन्,” काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले भने।

‘सुरक्षा संरचनाको कमीले दुर्घटना बढ्दो’

उनका भनाइमा घटस्थापनायता उपत्यकाबाट दैनिक ९,००० वटाभन्दा बढी सवारीसाधन बाहिरिरहेका छन्।

त्यस्तो सङ्ख्या अन्य बेलामा ५,००० वटाको हाराहारीमा हुने गर्थ्यो।

दुर्घटना न्यूनीकरणका लागि के गर्दै छ सरकार?

चाडपर्वलाई लक्ष्य गरी ल्याइने सुरक्षा योजनाका लागि आवश्यक काम कारबाही गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिइसकिएको गृह मन्त्रालयले जनाएको छ।

त्यस क्रममा सरोकारवाला निकायका प्रतिनिधिहरू रहेको एउटा समिति बनाइएको र त्यसले समन्वय गरिरहेको अधिकारीहरूको भनाइ छ।

उक्त समितिले दुर्घटना न्यूनीकरणका लागि पनि विभिन्न निर्देशन दिएको बताइएको छ।

उक्त निर्देशनअनुसार नै देशैभरिका ट्राफिकले काम गरिरहेको भट्टले बताए।

उनले उपत्यकाबाट बाहिरिने सवारीसाधनलाई आफूहरूले विशेष निगरानी गर्ने गरेको जानकारी पनि दिए।

भट्टले भने, “हामीले नियम र कानुनमा भएका व्यवस्थाहरू लागु गर्ने हो। त्यसका लागि काम गरिरहेका छौँ।”

उनका अनुसार अहिले उपत्यकाबाट बाहिरिने सवारीसाधनका चालकहरूले मादक पदार्थ सेवन गरे नगरेको जाँच गर्ने, लामो दूरीका सवारीसाधनमा दुई चालक भए नभएको हेर्ने, सवारीको गति मापन गर्ने, तेस्रो पक्ष बीमा गरेको छ छैन हेर्ने, सवारीको यान्त्रिक अवस्था हेर्ने जस्ता कार्य ट्राफिक प्रहरीले जारी राखेको छ।

“कैफियत देखिएमा ट्राफिकले गर्न मिल्ने कारबाही गर्ने र अन्य निकायमा पठाउनुपर्नेलाई पठाउने गरिएको छ,” उनले भने।

यातायात व्यवस्था विभाग के भन्छ?

उनले सवारीसाधनको अवस्थाका कारणले पनि दुर्घटना हुने गरेकाले अहिले अभियानकै रूपमा सवारीसाधनको अवस्था हेर्न थालिएको जानकारी दिए।

“सवारीसाधनको स्वास्थ्य हेर्ने छुट्टै निकाय भए पनि हामीले समेत त्यसलाई हेरिरहेका छौँ। गलत भएको भेटिएमा सम्बन्धित निकायमा पठाउँछौँ,” उनले भने।

यान्त्रिक अवस्था ठिक नभएको पाइएका दैनिक २० देखि २५ सवारीसाधनलाई कारबाही भइरहेको उनको भनाइ छ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरु दशैँका बेलामा काठमाण्डूस्थित नयाँबसपार्कमा प्राविधिक खटाएरै त्यस्तो जाँच जारी राखिएको दाबी गर्छन्।

“त्यसबाहेक नाकानाकामा पनि ट्राफिक प्रहरीले चेक गरेर हामीलाई पठाएकालाई सुधार गर्न लगाउने र जरिवाना गर्ने गरिरहेका छौँ,” उनले भने।

उनका भनाइमा लामो दूरीका सवारीसाधनलाई पहिले जाँच गराएर मात्र पठाउने गरिएको छ।

दुर्घटना कम गर्न के गर्ने?

सडक सुरक्षा तथा यातायातसम्बन्धी एकजना विज्ञ चन्द्रबहादुर श्रेष्ठ दशैँतिहारका बेला हुने दुर्घटनामा धेरै व्यक्तिको ज्यान जाने गरेको देखिएको बताउँछन्।

त्यसको कारणबारे उनी भन्छन्, “नेपालको सडक दुर्घटनाको प्रवृत्ति हेर्दा सहरमा हुने दुर्घटनामा मृत्यु कम हुने र ग्रामीण क्षेत्रमा धेरै मृत्यु हुने देखिन्छ। त्यसमा एउटा कारण सहरी क्षेत्रमा सवारीको गति कम हुनु पनि हो तर अन्य धेरै कारण छन्।”

“चाडवाडका बेलामा मानिसहरू सहरबाट गाउँतिर जाने गर्छन् त्यसले पनि दुर्घटनामा ज्यान गुमाउने धेरै हुन्छन्।”

उनका बुझाइमा नेपालमा सडक दुर्घटना हुने तीनवटा मुख्य कारण छन् – पूर्वाधार, मानवीय कारण र सवारीको अवस्था।

पूर्वधारजन्य कारणमा विशेषगरी ग्रामीण क्षेत्रमा इन्जिनियरिङ नमिलेका तथा जथाभावी बनाइएका सडक मुख्य दोषी रहेको उनको भनाइ छ।

“यो नेपालको अर्थराजनीतिसँग पनि जोडिएको विषय हो। नेताहरूलाई कार्यकर्ता पाल्नका लागि पनि सडक बनाउने काम दिनुपर्ने अवस्था छ। त्यसैले उनीहरूले ‘ए चलिहाल्छ नि!’ भन्ने खालको सडक बनाउन बजेट विनियोजन गरिदिन्छन्,” उनले भने।

“न इन्जिनियरिङ मिलेको हुन्छ न सडकको अवस्था नै ठिक हुन्छ। चलिहाल्छ भनिएको सडक चल्दैन रहेछ भन्ने त देखिएकै छ नि!”

त्यस्ता सडकमा सवारीसाधनहरू गुडाउनु भनेकै मृत्युलाई निम्ता दिनु सहर भएको उनको भनाइ छ।

ग्रामीण क्षेत्रका कच्ची तथा सवारीसाधनहरू चिप्लिने सडक दुर्घटनाको एउटा मुख्य कारण हो।

त्यसैले दुर्घटना कम गर्नका निम्ति सबैभन्दा पहिले सडक पूर्वाधार सुधार गर्नुपर्ने उनको भनाइ छ। तर त्यसका लागि नेपालको अर्थराजनीतिक संरचनामै सुधार गर्नुपर्ने खाँचो उनी औल्याउँछन्।

सवारीसाधनमा सुधार

श्रेष्ठका बुझाइमा अहिले पनि नेपालमा विशेषगरी सहरी क्षेत्रमा थोत्रिएपछि ती सवारीसाधनलाई ग्रामीण क्षेत्रमा लाने गरिएको छ।

त्यसरी थोत्रा सवारीसाधन ग्रामीण क्षेत्रमा लैजादा दुर्घटना बढेको छ।

एकातिर कमजोर पूर्वाधार भएको र अर्कोतिर सवारीसाधन पनि थोत्रो हुँदा त्यसले दुर्घटना तिम्त्याएको उनको भनाइ छ।

“सवारीको स्वास्थ्य जाँच गर्ने कुरा पनि प्रभावकारी देखिएको छैन। अस्वस्थ सवारीसाधन दुर्घटनाका कारण हुन्,” उनले भने।

त्यसैले दुर्घटना न्यूनीकरणका लागि यस्ता सवारीसाधनमा रोक लगाउने र त्यसलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने हुन्छ।

मानवीय सुधार

दुर्घटनाको अर्को कारण मानवीय भएको उनको भनाइ छ।

त्यसमा अदक्ष चालकले सवारीसाधन चलाउनु तथा क्षमताभन्दा बढी यात्रु राखेर सवारीसाधन चलाउनु जस्ता कुरा पर्छन्।

दशैँका बेलामा आराम नगरीकन लगातार सावरीसाधन चलाउने कुराले पनि दुर्घटना बढाएको उनको भनाइ छ।

यसको सुधारका लागि ग्रामीण क्षेत्रमा समेत ट्राफिकको पहुँच विस्तार गर्ने वा स्थानीय सरकार सक्रिय भएर निगरानी गर्ने गर्छ सकिने श्रेष्ठको धारणा छ।

त्यस्तै यात्रुले पनि अनावश्यक भिडमा यात्रा नगर्ने बानी बसाल्नु उपयुक्त हुने उनी ठान्छन्।

यद्यपि स्थानीय तहका पदाधिकारी वा उनीहरूलाई प्रभाव पार्न सक्ने खालका व्यक्तिहरू नै सवारीधनी हुने गरेको भन्दै स्थानीय तहले निगरानी गर्नेमा उनी शङ्का व्यक्त गर्छन्।

यद्यपि नागरिकस्तरबाट हुने निरन्तरको खबरदारीले मानवीय कमजोरीलाई कम गर्न सक्ने उनको बुझाइ छ। बिबिसिबाट

Share This Article
Facebook Email Copy Link Print
Previous Article चलचित्र ‘मिलन’ को टिकटक बनाउनेलाई २५ हजार
Next Article विमानकै गतिमा उड्ने मोटरसाइकल तयार
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

आज प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

57 years ago
काठमाडौँ - KTMराजनीतिसिन्धुपाल्चोक - SDP

राणालाई २०६४ मा माओवादीले हरायो, २०७० मा एमालेले हरायो, अब झन् के होला ?

57 years ago
कालिकोट - KLKसमाज

भिरबाट लडेर कालिकोटमा १ जनाको मृत्यु

57 years ago

नयाँ संविधानको स्वागतमा लालमटियामा संयुक्त कार्यक्रम

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?