2026-11-02 03:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राणालाई २०६४ मा माओवादीले हरायो, २०७० मा एमालेले हरायो, अब झन् के होला ?

कुमार चौलागार्इं | मङ्सिर २, सिन्धुपाल्चोक | पञ्चायतकालीन राजनीतिदेखि नै सिन्धुपाल्चोकमा आफ्नो पकड जमाउँदै आएका राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणालाई गणतन्त्रपछिका तीन निर्वाचनमा भने पराजय व्यहोर्नुपर्यो । 

तामाङ समुदायको बाहुल्य रहेको सिन्धुपाल्चोक–२ (यसअघि ३) मा २०३८ सालपछि लगातार २०५६ सालसम्म पाँच पटक चुनाव जित्नुभएका राणालाई गणतन्त्रपछिका निर्वाचनमा एक पटक तत्कालीन नेकपा(माओवादी) तथा एक पटक नेकपा (एमाले)का उम्मेदवारले पराजित गर्दा राणा अहिले तिनै दुई दल मिलेर बनेको वाम गठबन्धनविरुद्ध नेपाली काँग्रेसको समर्थनमा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । 

यस क्षेत्रका धेरै चुनाव व्यहोरेका नवलपुरका बासिन्दाका अनुसार राणाले केही चमत्कारै गरे भने मात्र जित हुने नत्र वाम गठबन्धन उम्मेदवार हावी हुने बताउँछन् । विसं २०६४ मा भएको पहिलो संविधानसभा चुनावमा माओवादीका दावा तामाङसँग पराजय भोगेका राणा दोस्रो संविधानसभा निर्वाचनमा एमालेका शेरबहादुर तामाङसँग दुई हजार ५०० मतान्तरले पराजित हुनुभयो । 

पाँच पटकको लगातारको जीतपछि दुई पटक पराजय भोगेपछि राणा सिन्धुपाल्चोकमा चुनाव लड्न फर्किंदैनन् भन्ने आँकलन विपरीत काँग्रेसको समर्थन लिएर पुनः मैदानमा उत्रिएपछि सिन्धुपाल्चोक–२ को चुनाव फेरि रोचक बनेको छ । 

चुनावी घरदैलोका बीच रासससँग कुरा गर्दै तामाङले अहिले वामपन्थी गठबन्धनको मत लोकतान्त्रिक गठबन्धनभन्दा १० हजार बढी रहेको र राणालाई २० हजार मतान्तरले पराजित गरिने जिकिर गर्नुभयो । “वाम गठबन्धन गणितीय हिसाबमा पनि अगाडि छ, यो पाला राणालाई हराएर हारको ह्याट्रिक चखाइन्छ” उहाँले भन्नुभयो । 

सिन्धुपाल्चोक–२ मा स्थानीय तहको चुनावअनुसार पहिलो शक्ति रहेको एमाले र तेस्रो शक्ति रहेको माओवादीबीच तालमेल छ । त्यस्तै दोस्रो शक्ति रहेको काँग्रेस र चौथो शक्ति रहेको राप्रपा(प्रजातान्त्रिक)को अर्को गठबन्धन छ । 

सिन्धुपाल्चोक–२ मा मेलम्ची नगरपालिका र चौतारा साँगाचोक नगरपालिकाका केही वडा तथा हेलम्बु, पाँचपोखरी र इन्द्रावती गाउँपालिका पर्छन् । तीमध्ये हेलम्बु र इन्द्रावती गाउँपालिका काँग्रेसले तथा मेलम्ची नगरपालिका र पाँचपोखरी गाउँपालिकामा एमालेले जितेको छ । 

स्थानीय तहमा एमालेले २६ हजार ५७०, काँग्रेसले २१ हजार ४८२, माओवादी केन्द्रले १४ हजार २७० र राप्रपाले नौ हजार पाएका थिए । यसरी हेर्दा वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा करिब १० हजार मतले अगाडि छ । 

नेता राणा स्थानीय तहको निर्वाचनको मतलाई मात्र हेर्न नहुने बताउनुहुन्छ । रासससँग टेलिफोनमा कुरा गर्दै राणाले पञ्चायतकालदेखि सिन्धुपाल्चोकको विकासमा आफूले महत्वपूर्ण भूमिका खेलेकाले यस पटक सिन्धुका जनताले विवेक प्रयोग गर्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, काँग्रेससँग गठबन्धन बनेपछि हामी बलिया छौँ, चुनाव जित्छौँ । 

निर्वाचन आउन १० दिन मात्र बाँकी हुँदा टहरामा बसेका भूकम्पपीडितको भने आक्रोश छुट्टै छ । दुवै नेताले भूकम्पपछि जिल्लामा केही गर्न नसकेको उनीहरुको गुनासो छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द