बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग राजाभन्दा दोब्बर सम्पती !

साझासवाल
2 Min Read

कात्तिक ८, काठमाडौँ | एजेन्सी | बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्वको दौड जितेपछि ऋषि सुनक प्रधानमन्त्री बन्ने निश्चित भएको छ । लिज ट्रसले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि सुरु भएको नेतृत्व चयनमा सुनकले मात्र आवश्यक सय सांसदको समर्थन पाएपछि उनी स्वत नेता चुनिएका हुन् ।

सुनकको जितले बेलायतमा एक अनौठो इतिहास रचेको छ । इतिहासमा पहिलो पटक देशका प्रधानमन्त्री राजाभन्दा धनी हुने भएका छन् । पूर्व अर्थमन्त्री सुनक र उनकी श्रीमती अक्षता मुर्तिको संयुक्त सम्पती ७३ करोड पाउण्ड(झण्डै ८२.५ करोड डलर) रहेको बताइन्छ । बेलायतका नयाँ राजा चाल्र्स र उनकी पत्नि क्यामिलाको संयुक्त सम्पती भने ३५ करोड पाउण्ड(झण्डै ३९.६ करोड डलर) छ । अर्थात राजा–रानीको भन्दा प्रधानमन्त्री सुनक र उनको श्रीमतीको सम्पती दोब्बरभन्दा बढी छ ।

सुनक यो वर्ष सुरुमा सन्डे टाईम्सले निकाल्ने बेलायतका सबैभन्दा धनाढ्य व्यक्तिको सूचीमा नाम समावेश हुने प्रमुख नेता बनेका थिए । आधिकारिक आवासको संख्याको हिसाबमा पनि सुनक र देशका राजाबीच झण्डै प्रतिस्पर्धा नै देखिन्छ ।

सन् १९८० मा जन्मिएका डलर–करोडपति सुनक बेलायतको  साउथेम्प्टनमै जन्मिएका थिए । उनका अभिभावक भने सन् १९६० को दशकमा पूर्वी अफ्रिकाबाट बेलायत बसाइँ सरेका थिए । तर, भारतीय मिडियाहरुले भने ‘ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री ’ भन्दै समाचार लेखिरहेका छन् । कन्जरभेटिभ पार्टीको नेता चुनिएका सुनक अब राजा चार्ल्स तृतीयलाई भेटेपछि औपचारिक रुपमा प्रधानमन्त्री पद सम्हाल्नेछन् ।

Share This Article
Leave a Comment

Leave a Reply