2026-09-18 04:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तिहारमा सेलरोटी खाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

काठमाडौँ | दशैंपछिको अर्को ठुलो चाड हो, तिहार । तिहार भन्नसाथ माला, बत्ती, फलफूल र टीकाको झिलिमिली अनि बास्नादार परिकारको झल्को आउँछ । त्यससँगै तिहार सेलका लागि पनि उत्तिकै प्रसिद्ध छ । तिहार र सेलरोटी एकअर्काको पर्याय जस्तै । जब तिहारको सम्झना हुन्छ, सेलरोटीको तलतल लाग्छ । जब सेलरोटी देख्छौं, तिहारको झल्को आउँछ ।  

 तिहारमा पाक्ने अधिकांश परिकार चिल्लो हुन्छन् । सेलरोटीलाई विशेष मानिन्छ । यसपछि अनरसा, अरशा, पत्रे त भइहाले । तर यी सबै चिल्ला खानेकुरा बढी खाँदा शरीरमा विभिन्न किसिमका समस्या हुनसक्छन् ।

धेरै चिल्लो पदार्थ खाँदा पेट ढुस्स हुने, अमिलो पानी आउने, खानामा अरूचि हुने लगायत समस्या देखा पर्छन । चिल्लो पदार्थले स्वस्थ व्यक्तिलाई समेत समस्या निम्ताउँछ । अझै रोगीलाई त चिल्लो खानेकुरा हानिकारक नै हुन्छ । मोटोपना, कोलस्ट्रोल बढाउने मात्र हैन, रक्तचाप, मधुमेह र अम्लपित्त आदिको समस्या पनि बढाउँछ । मुटुका बिरामीलाई चिल्लो र गुलियो अझै घातक हुन्छ ।

अत्यधिक तेलमा पकाइएका खानेकुरा पचाउन गाह्रो हुन्छ । सेलरोटी बनाउँदा तोरी, भटमास वा सूर्यमुखी तेल प्रयोग गर्नु राम्रो हुन्छ । तर, एउटै तेलमा पटक–पटक सेलरोटी बनाउन हुँदैन । बासी तेलमा खानेकुरा बनाउन नहुने र एकैपटक धेरै परिकार बनाएर राख्न पनि हुदैन । 

सेलसँगै फलफूल, सागपात र पानी प्रशस्त पिउनुपर्छ । यसले चिल्लो पचाउन सहज हुन्छ । खाली पेटमा सेलरोटी खाँदा ग्यास्ट्रिक बढ्छ । केही सादा खाना खाएर मात्र खानुपर्छ । मधुमेह, उच्च रक्तचाप, ग्यास्ट्रिक भएकाले सेलरोटी धेरै खानु हुँदैन । चार÷पाँचथरि खाद्य समूहका खानेकुरा प्रत्येक छाकमा हुन आवश्यक छ ।

कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, खनिज, चिल्लो पदार्थ भएका सबै खानेकुराको मात्रामा ध्यान दिन जरुरी हुन्छ । सन्तुलित खानामा सधैं एउटै किसिमका खानेकुरा पर्दैनन् । जस्तै सेलरोटी मात्रै खाइरहनु सन्तुलित खानामा पर्दैन । विभिन्न प्रकारका तरकारी, गेडागुडी खानेकुरा मिलाएर खानु सन्तुलित खाना हो । 

यसले चिल्लो पदार्थ पनि पच्छ र शरीरमा समस्या आउँदैन। कुनै एउटा खानेकुरा आफैंमा पूर्ण हुँदैन । त्यसकारण सबै पौष्टिक आहार मिलाएर खाएमा मात्रै सन्तुलित खाना हुने चिकित्सकहरु बताउँछन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया