माघ ९, काठमाडौँ । १२ औं ढोरपाटन ब्लु स्काई कप टिभिएस महिला डबल लिग भलिबल प्रतियोगिता आइतबार राजधानीको गोंगबु नयाँ बसपार्कमा भव्यताका साथ सम्पन्न भएको छ ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ९, काठमाडौँ । १२ औं ढोरपाटन ब्लु स्काई कप टिभिएस महिला डबल लिग भलिबल प्रतियोगिता आइतबार राजधानीको गोंगबु नयाँ बसपार्कमा भव्यताका साथ सम्पन्न भएको छ ।&nb"/>

२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिला भलिबल प्रतियोगितामा अहिलेसम्मकै सर्वाधिक राशीको पुरस्कार वितरण

२०७३, ९ माघ आईतवार ०८:४४


माघ ९, काठमाडौँ । १२ औं ढोरपाटन ब्लु स्काई कप टिभिएस महिला डबल लिग भलिबल प्रतियोगिता आइतबार राजधानीको गोंगबु नयाँ बसपार्कमा भव्यताका साथ सम्पन्न भएको छ । 

उक्त प्रतियोगितामा एपीएफ क्लब, आर्मी क्लब, नेपाल प्रहरी क्लब, रिड मोडेल कलेज, न्यु डाइमण्ड ए/बि, ढोरपाटन क्लब, चण्डेश्वरी क्लब र विजयश्वेरी  निमावि गरि १० टिमको सहभागिता थियो ।

प्रतियोगिता पुस २३ गते सुरु भइ माघ ८ गते २ हप्तामा सम्पन्न भएको हो । रिड मोडेल टिमले प्रथम स्थान हासिल गरि रु. ३,२०,००० (तिन लाख बिस हजार) नगदसहित रनिङ कप, कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै एपीएफ क्लबले दोश्रो स्थान हासिल गरि रु. १,६०,००० (एक लाख साठी हजार) नगदसहित कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।  त्यस्तै न्यू डाइमण्ड एकेडेमी टिमले तेश्रो स्थान हासिल गरि रु. ७५,००० (पचहत्तर हजार) नगदसहित कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

उत्कृष्ट महिला भलिबल खेलाडीहरु ढोरपाटन क्लबकी तारा भण्डारी ‘राइजिङ प्लेयर’, नेपाल प्रहरीकी कामना बिष्ट ‘प्लेयर अफ द सिरिज’, एपीएफ क्लबकी सरस्वती चौधरी ‘बर्ष खेलाडी’, न्यु डाइमण्ड एकेडेमीकी प्रतिभा माली ‘ग्रेट अचिभमेन्ट प्लेयर’ र रिड कलेजकी मिनी मलले ‘बेस्ट प्लेयर’ अवार्ड पाएका छन् । यी पाँचै टिमका उत्कृष्ट खेलाडीहरुले टिभिएस ब्रान्डका स्कुटर प्राप्त गरेका छन् ।

त्यस्तै न्यु डाइमण्ड एकेडेमीकी ललिता नाटले ‘बेस्ट क्विकर’, रिड मोडेलकी निर्मलले ‘बेस्ट स्पाइकर’, रिड मोडेलकै तेरिनले ‘बेस्ट लिफ्टर’, एपीएफकी नेबिका चौधरीले ‘बेस्ट सर्भर’, एपीएफकै उषा बिस्टले ‘बेस्ट ब्लकर’ र  पश्चिमाञ्चलकी एमकलि कुँवरले ‘बेस्ट डिफेन्स’ अवार्ड जितेकी छनु । बेस्ट अवार्ड बिजेताहरुले जनही रु. ५,००० (पाँच हजार) नगद पुरस्कार र प्रमाण पत्र प्राप्त गरेका छन् ।

आयोजक ढोरपाटन  क्लबका महासचिब देवेन्द्र कुमार घर्तिमगरले भने, ‘यो नेपालमा भलिबलको इतिहासमै प्रथम पटक सबै भन्दा ठूलो राशीको पुरस्कार वितरण गरेको प्रतियोगिता हो । पुरुष भलिबल प्रतियोगितामा समेत यति ठूलो पुरस्कार राशी वितरण भएको छैन ।

यो आयोजना सफल पार्न आर्थिक र नैतिक सहयोग गर्ने प्रायोजक कम्पनीहरु ब्लु स्काई म्यान पावर, टिभिएस स्कुटर, विभिन्न संघ सस्थाहरु, राजनीतिज्ञ, पत्रकार, सुरक्षाकर्मी, आयोजक मित्रहरु, रेफ्री साथीहरु लगायत सम्पूर्ण शुभ चिन्तकहरुमा धन्यवाद व्यक्त गर्दछु । साथै आगमी दिनहरुमा पनि हामीलाई यसरी नै सहयोग गर्नुहुनेछ भनि अपेक्षा राख्दछु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी