फागुन १५, काठमाडौं । नेपाली क्रिकेट प्रशिक्षक राजु बस्न्यात दक्षिण कोरियाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । कोरीयाले बस्नेतलाई आफ्नो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १५, काठमाडौं । नेपाली क्रिकेट प्रशिक्षक राजु बस्न्यात दक्षिण कोरियाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । कोरीयाले बस्नेतलाई आफ्नो "/>
2026-06-24 11:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजु बस्न्यात दक्षिण कोरियाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त

फागुन १५, काठमाडौं । नेपाली क्रिकेट प्रशिक्षक राजु बस्न्यात दक्षिण कोरियाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । कोरीयाले बस्नेतलाई आफ्नो पुरुष र महिला दुबै टोली हेर्ने गरी मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

यससँगै बस्न्यात बिदेशी राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने (टीम गेममा) पहिलो नेपाली प्रशिक्षक बनेका छन् । अन्य खेलमा भने यस अघि टेवल टेनिसका सुरेन्द्र सुवालले भुटानको राष्ट्रिय टोली सम्हालेका थिए ।

सुरेन्द्रको नेतृत्वमा भुटानले अन्तर्राष्ट्रिय प्रतियोगिता समेत खेलेको थियो । प्रशिक्षक बस्न्यातले कोरीयाको मुख्य प्रशिक्षकका लागि आफुले हस्ताक्षर गरीसकेको जानकारी दिए । ‘केही समय अघि प्रशिक्षकका लागि आबेदन मागिएको थियो । त्यसमामा मैले पनि प्रयास गरेको थिए’, प्रशिक्षक बस्न्यातले अन्नपूर्णसँग भने, ‘त्यसमा छनोट भएपछि मैले सम्झौता समेत गरीसकेको छु ।’

बस्न्यातका अनुसार कोरियाले उनलाई आगामी एक बर्षका लागि मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरेको हो । अर्काे बर्ष अगस्ट र सेप्टेम्बरमा इन्डोनेशीयामा हुने एसियाली खेलकुदको तयारीमा रहेको कोरियाले आफ्नो क्रिकेट टोलीका लागि बस्न्यातलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । दक्षिण कोरियाले आफ्नो टोलीका लागि बस्न्यातसहित दुई अष्ट्रेलियन प्रशिक्षक पनि नियुक्त गरेको छ ।

अष्ट्रेलियन प्रशिक्षकबारे जानकारी नगराईएपनि उनिहरुले मुख्य प्रशिक्षक बस्न्यातकै नेतृत्वमा रहेर काम गर्ने बुझीएको छ । विदेशी राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने पहिलो नेपाली प्रशिक्षक बनेका बस्न्यातले आफुलाई खुसी लागेको प्रतिकृया दिए । यद्यपि उनले यसलाई आफुले चुनौतीका रुपमा लिएको पनि बताए ।

‘खुसी लागेको छ । मेरा लागि यो ठूलो अवसर हो । तर, त्यो भन्दा पनि ठूलो मेरा लागि यो चुनौती हो’, बस्न्यातले भने, ‘यो अवसरमा मैले आफुलाई प्रमाणित गर्न सकिन भने मलाई मात्रै हैन, अन्य नेपाली प्रशिक्षकलाई समेत आगामी अवसर बन्द हुने छन् । त्यसैले यो अवसरमा मैले आफुलाई प्रमाणीत गर्नुपर्ने छ ।’

पुर्व खेलाडी समेत रहेका बस्न्यात पछिल्लो झन्डै ६ बर्ष यता प्रशिक्षणमा ब्यस्त रहदै आईरहेका छन् । सन् २०१४ मा नेपालले एसियाली क्रिकेट काउन्सिल (एसिसी) यू–१६ प्रिमियर लिगको उपाधि जित्दा नेपाली टोलीको प्रशिक्षक रहेका बस्न्यातले पछिल्लो समय नेपाली राष्ट्रिय महिला टोलीको जिम्मेवारी समेत सम्हालेका थिए । बस्न्यात प्रशिक्षक बन्नु अघि नेपाली क्रिकेट टोलीका उत्कृष्ट खेलाडी थिए । – अन्नपूर्ण पोष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक