2026-09-28 12:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी

2026-06-30

काठमाडौँ | साउदी अरब सरकारले रमजान महिनाको अवसरमा विभिन्न कारागारमा सजाय भोगिरहेका ३३ नेपाली नागरिकलाई शाही आममाफी प्रदान गरेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उक्त निर्णयप्रति साउदी अरब सरकारलाई नेपाल सरकारका तर्फबाट हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरिएको छ।

मन्त्रालयका अनुसार नेपाल सरकारले यस कदमलाई नेपाल-साउदी अरबबीच लामो समयदेखि कायम मित्रतापूर्ण सम्बन्ध, आपसी सद्भाव र द्विपक्षीय सहकार्यको सकारात्मक उदाहरणका रूपमा लिएको छ। साथै, साउदी सरकारको मानवीय निर्णयको उच्च मूल्यांकन पनि गरिएको छ। विज्ञप्तिअनुसार रियादस्थित नेपाली राजदूतावासमार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधपछि साउदी सरकारले नेपाली कैदीहरूलाई आममाफी प्रदान गरेको हो।

परराष्ट्र मन्त्रालयले आममाफी प्राप्त गरेका नेपाली नागरिकले साउदी अरबको आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि निकट भविष्यमा नेपाल फर्कने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? चार दिनको अविरल वर्षाले सडक सञ्जाल प्रभावित, दर्जनौँ सडकमा यातायात ठप्प कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित