हार्दिकपछि ऐरी: आइसिसी टी–२० अलराउन्डरमा ऐरी ठूलो छलाङ,ब्याटरको वरीयतामा पनि ऐरी

साझासवाल
1 Min Read

काठमाडौँ | आइसिसी टी-२० अलराउन्डरको विश्व वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा उक्लिएका छन्। नयाँ विश्व वरीयताको सूचीमा ऐरी एक स्थान माथि उक्लिएका हुन्। यो सूचीको शीर्ष स्थानमा भारतका हार्दिक पाण्ड्या छन्।

यसअघि दोस्रो स्थानमा रहेका वेस्ट इन्डिजका रोस्टन चेज सात स्थान तल झर्दै नवौं स्थानमा पुगेपछि ऐरीको वरीयता सुधार आएको हो।

तेस्रो स्थानमा उक्लिएका इंग्ल्यान्डका लियाम लिभिङस्टोनले पनि तीन स्थान फड्को मारे। चौथो स्थानका वेस्ट इन्डिजका रोमारियो सेफर्ड र पाँचौ स्थानका श्रीलंकाका विनन्दु हसरंगाले क्रमश: एक र दुई स्थान फड्को मारे।

यता टी-२० को बलरको वरीयतामा नेपालका बलरमा ललित राजवंशी ५६औं, सन्दीप लामिछाने ७६औं र दीपेन्द्रसिंह ऐरी ८१औं स्थानमा छन्। ब्याटरको वरीयतामा दीपेन्द्रसिंह ऐरी ६३औं, रोहित पौडेल ६७औं, आसिफ शेख ७८औं र कुशल भुर्तेल ७८औं स्थानमा छन्।

Share This Article