वैशाख १९, काठमाडौँ | केहीबेरमा सुरु हुने खेलमा IPL 2018 को सबैभन्दा तल्लो स्थानमा रहेको दिल्ली डेयरडेभिल्सले छैटौं स्थानमा रहेको राजस्थान रोयल्स बीच मुकाबिला हुँदैछ | यसैबीच पहिले टस जितेर राजस्थान रोयल्सले फिल्ड रोजेको छ |


इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हुने खेल ८ बजेर १५ मिनेटमा हुन्छ तर अहिले पानी परिरहेकाले केहीबेरमा मात्र खेल हुनेछ । खेलमा दुई खेल मात्र जितेको दिल्लीले जितको खोजी गर्नेछ भने राजस्थान रोयल्सले ७ खेलमा ३ खेल जितेर आजको खेलमा जित्दै माथिल्ल्लो स्थानमा उक्लिने कोसिस गर्नेछ ।
दिल्लीले यस अघि ६ खेल हारीसकेकोले आजको खेल जित्नु उसको लागि निकै महत्वपूर्ण छ । आईपीएलको अन्तिम ४ मा पर्नका लागि पनि अबको खेलहरूमा उसले निरन्तर जित हात पार्नुपर्ने भएको हुँदा दिल्ली निकै कठिन स्थितिमा रहेको छ ।
यस अघिका कप्तान गौतम गम्भीरले कप्तानी छाडेपछी दिल्लीको कप्तानी श्रेयस आइयरले सम्हालेका छन । यस अघि चेन्नईसँग हारेको दिल्लीले आजको खेलमा पनि उत्कृष्ट पर्दर्शन गर्ने आशा गरिएको छ ।
को-को छन् टिम ११ मा ?




