असोज १८, डिसी | अमेरिकाको डीसी महानगर क्षेत्र तथा लाइन्स क्लबको शत बार्षिकीमा स्थापना भएको पहिलो नेपाली लायन्स क्लव मनासस एभरेष्ट लायन्स क्लवको चार्टर नाइट सम्पन्न भएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १८, डिसी | अमेरिकाको डीसी महानगर क्षेत्र तथा लाइन्स क्लबको शत बार्षिकीमा स्थापना भएको पहिलो नेपाली लायन्स क्लव मनासस एभरेष्ट लायन्स क्लवको चार्टर नाइट सम्पन्न भएको"/>
2026-07-06 08:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डीसीमा पहिलो नेपाली लायन्स क्लवको चार्टर नाइट सम्पन्न

असोज १८, डिसी | अमेरिकाको डीसी महानगर क्षेत्र तथा लाइन्स क्लबको शत बार्षिकीमा स्थापना भएको पहिलो नेपाली लायन्स क्लव मनासस एभरेष्ट लायन्स क्लवको चार्टर नाइट सम्पन्न भएको छ । 

अमेरिकाको २४ ए डिष्ट्रिक्टकी पूर्व गभर्नर करेन उडल पार्करले क्लवका सबै नव पदाधिकारीहरुलाई शपथ गराएकी थिइन् l सो समारोहमा अतिथिको आसनवाट वोल्दै अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुनकुमार कार्की ले अन्तरराष्ट्रिय जगतमा सेवा गरिरहेको लायन्स क्लवको छहारीमा नेपालीको लायन्स क्लव खुल्नु सुखद भएको बताउदै क्लवले समुदायमा सेवा पुर्याउने आशा व्यक्त गरे l 

सो समारोहको लागि क्यालिफोर्निया राज्यवाट भाग लिन आउनु भएका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर राजेन थापाले गोविन्द गिरी प्रेरणा लामो समयदेखि परिचित व्यक्ति भएको र उहाँको नेतृत्वमा क्लवले समुदायमा सेवा पुर्याउने विश्वास व्यक्त गरे l 

२४ ए डिष्ट्रिकका गभर्नर जे मोहनले आफूले क्लवको वैठकमा भाग लिंदा परिवारको वीच वसेको अनुभूति भएको वताउँदै आफ्नो डिष्ट्रिक्टमा यो क्लवको नाम उच्च हुनेमा आफूलाई विश्वास भएको बताए l 

मनासस एभरेष्ट क्लब २७ जुलाईमा स्थापना भएको थियो । साहित्यकार, पत्रकार , समाजसेवी गोविन्द गिरी प्रेरणा क्लवका अध्यक्ष भएका छन् भने सचिवमा दोवा ढकाल, कोषाधयक्ष अनुभव गिरी तथा मेम्बरसिप डाइरेक्टर विष्णु गुरुँग छन् । यसै गरि सदस्यहरुमा अन्जु गिरी, सिसम गुरुँग, सन न्ह्यूइन, पवन गौतम, साधना गौतम, शोभा ढकाल, दिवाकर ज्ञवाली, इन्दिरा आचार्य, लोक तिवारी, अनुरोध गिरी, लक्ष्मी गिरी, दिनुप ज्ञवाली, सफर थापा, कविन्द्र सिटौला, सुधिर वास्तोला, रञ्जय उपाध्याय, राजेन्द्र खनाल, पवन जीसी तथा नन्दलाल उपाध्याय रहेका छन् l 


कार्यक्रमलाई समापन गर्दै क्लवका अध्यक्ष गोविन्द गिरी प्रेरणाले चार्टर नाइटमा सहभागी अतिथिहरु, अरु क्लवका सदस्यहरु सवैलाई धन्यवाद ज्ञापन दिदै मनासस एभरेष्ट लायन्स क्लव मार्फत समुदायमा सेवा पुर्याउँदै मानवियताका लागि काम गर्ने बताए । कार्यक्रम सञ्चालन पूर्व परिषद सभापति ह्यारी पार्करले गरेका थिए l  मनासस एभरेष्ट लायन्स क्लवमा हाल २३ जना चार्टर सदस्यहरु रहेका छन् l  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै