२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज विश्वकपको फाइनल खेल हुँदै, यस्तो छ फ्रान्स-क्रोएसियाको अघिल्ला रेकर्ड

२०७५, ३१ असार आईतवार ०३:५६

असार ३१, काठमाडौं | रुसमा जारी विश्वकपको आज बेलुका अन्तिम अर्थात फाइनल खेल हुँदैछ । ३२ राष्ट्र बीच भएको २०१८ को विश्वकपमा ३० राष्ट्र घर फर्किसकेको अवस्थामा अब फ्रान्स र क्रोएसियाको फाइनल खेल हेर्न बाँकी छ । 

विश्वकपमा दाबेदार मानिएका अधिकांश ठूला राष्ट्र बाहिरिएर नसोचेका राष्ट्रहरुले यस पटकको विश्वकपमा इतिहाँस बनाउन सफल भएका छन् । त्यसैले पनि आजको खेल निकै महत्वपूर्ण रहनेछ । आजको खेल रुसको मस्कोस्थित लुजनिकी रंगशालामा हुँदैछ । क्रोएसिया आजको खेलबाट विश्वकप बिजेता २०१८ को इतिहाँस बनाउने दाउमा छ भने फ्रान्स दोश्रो पटक विश्व बिजेता बन्ने दाऊमा छ । 

तुलनात्मक रुपमा क्रोयशिया फ्रान्स जति बलियो नमानिएता पनि यस पटकको विश्वकपमा दावेदारहरुकै भविष्यवाणी गलत सावित हुँदा आजको खेल फ्रान्स वा क्रोएशियाको हातमा जान्छ भन्नेमा धेरैलाई अफ्ट्यारो छ । आइसल्यान्डले बराबरीमा रोकेको र फ्रान्सले ४-३ गोलले पराजित गरेको अर्जेन्टिनालाई समेत क्रोएसियाले ३–० मै रोकेको अवस्थामा क्रोएसिया कम्जोर छ भन्ने अवस्था छैन । फ्रान्ससँगको खेलमा अर्जेन्टिनाले ३ गोल गर्न सक्दा त्यहि अर्जेन्टिनालाई ३-० मै पराजित गर्न सक्ने खुवी राख्नु क्रोयशियाको सवल पक्ष हो । 

क्रोशियाको अर्को सवाल पक्ष के पनि छ भने उसले विश्वकप २०१८ मा कुनै टिमसँग हारेको छैन । त्यसो त लगातार तीन नकआउटमा जित्ने क्रममा अतिरिक्त समय खेल्दै क्रोएसियाले डेनमार्क र रुसलाई टाइब्रेकरमा पन्छाएको हो । 

विश्वकप फुटबलको नतिजाहरुलाई हेर्ने हो भने फ्रान्स २० वर्षयता विश्व फुटबलकै सबैभन्दा बलियो टिममा गनिन्छ । सेमिफाइनलमा ब्राजिललाई समेत हराउन सफल बेल्जियमलाई पराजित गर्दै फ्रान्सले आफुलाई बलियो सावित गरेकाले यो पटकको फाइनलमा फ्रान्सको दावेदारीलाई निकै उच्च बनाएको छ । 

फ्रान्स र क्रोएसियाको विगतका रेकर्ड निकाल्ने हो भने पाँचपटक आपसमा खेलेकोमा फ्रान्सले तीन खेल (सन् १९९८, १९९९ र २०००) जितेको थियो भने दुई खेल (२००४ र २०११) मा बराबरी भएको थियो । फ्रान्स विश्वकपको फाइनलमा तेस्रो पटक पुगेको हो भने क्रोयशिया पहिलो पटक फाइनल खेल्दैछ । 

विश्वकप २०१८ कै गोल अन्तरलाई हेर्ने हो भने फ्रान्सले २–१ अस्ट्रेलिया, १–० पेरु, ०–० डेनमार्क, ४–३ अर्जेन्टिना, २–० उरुग्वे र १–० बेल्जियम गरि कुल १० गोल गरेको छ ।  त्यस्तै क्रोयशियाले २–० नाइजेरिया, ३–० अर्जेन्टिना, २–१ आइसल्यान्ड, १–१ डेनमार्क (३–२ टाइब्रेकर), २–२ रुस (४–३ टाइब्रेकर), २–१ इंग्ल्यान्ड (अतिरिक्त समय) गरि १२ गोल गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी