By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    4 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    7 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    7 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    8 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    11 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    11 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    11 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: १५ वर्षअघि ट्याक्सी चालकको हत्या गर्ने फरार अभियुक्त तामाङ पक्राउ
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > १५ वर्षअघि ट्याक्सी चालकको हत्या गर्ने फरार अभियुक्त तामाङ पक्राउ
काठमाडौँ - KTMमुख्य समाचार

१५ वर्षअघि ट्याक्सी चालकको हत्या गर्ने फरार अभियुक्त तामाङ पक्राउ

साझासवाल
Last updated: February 21, 2025 4:08 pm
साझासवाल
4 Min Read
Share

काठमाडौँ | काभ्रे दोबारटारका मेघबहादुर तामाङ ट्याक्सी चालक थिए । ट्याक्सी चलाएर परिवारको गुजारा गर्दै आएका मेघबहादुरलाई प्यासेन्जर (यात्रु) खोज्न रातभर मानिसको चहलपहल हुने ठाउँतिर बसेर कुर्नु पर्थ्यो । १५ वर्ष अघि २०६६ मंसिर २६ गतेको राति यात्रु भेटिएलान् भन्ने आशामा उनी अनिँदो रहेर ठमेल चोकमा यात्रु कुरिरहेका थिए ।

समय त्यस्तै राति साढे १२ बजेको हुँदो हो । रात्रिकालीन मनोरञ्जन बार र क्लबहरुमा रमाएका युवायुवती घर फर्किने तयारीमा सडकमा निस्किदै थिए । मेघबहादुर बा१ज ९१४ नम्बरको ट्याक्सीमा थिए । मदिराले लठ्ठिएका चार युवा मेघबहादुरको ट्याक्सी नजिन पुगे ।

मेघबहादुर ट्याक्सी खोज्ने यात्रु आए भनेर मख्ख थिए । ती युवाहरुले मेघबहादुरलाई सोधे, ‘‘दाइ हामीलाई नरेफाँट पुर्‍याइदिनु हुन्छ ?’’

काम नै यात्रुलाई उनीहरुले भनेअनुसार छोड्ने र त्यो बापतको रकम लिने मेघबहादुरले नाइ भन्ने कुरा थिएन । मदिराले लट्ठिएका युवा भए पनि मेघबहादुरले उनीहरुलाई आफ्नो ट्याक्सीमा चढाएर हालको भक्तपुर ठिमी नगरपालिका–१६ नरेफाँट छोड्न हिँडे ।

मेघबहादुरका लागि यस्तो काम नयाँ र नौलो पनि थिएन । ठमेलबाट मदिरा सेवन गरेका कयौँ युवाहरुको समूहलाई मेघबहादुरले मध्यरात नै उनीहरुले भनेअनुसारकै ठाउँमा छाडेर आउने गर्थे । त्यो बापतको आफ्नो भाडा लिन्थे ।
तर, ठमेलबाट नरेफाँट पुर्‍याउन चारजनालाई बोकेर सकुसल हिंडेका मेघबहादुर नरेफाँटबाट भने कहिल्यै नफर्किनेगरी अस्ताए । उनी नरेफाँटमा आफ्नै ट्याक्सीभित्र मृत फेला परे ।

ट्याक्सी बेवारिसे देखिएपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले हेर्दा उनी ट्याक्सीभित्रै मृत देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

सुरुमा कालगतिका कारण मृत्यु भएको अनुमान गरिए पनि पोस्टमार्टम रिपोर्टले भने शंकास्पद देखायो । पोस्टमार्टम रिपोर्टपछि अनुसन्धान थालेको प्रहरीले मेघबहादुरको हत्या भएको निष्कर्ष निकाल्यो । प्रहरीको अनुसन्धानका क्रममा मेघबहादुरको हत्यामा ठमेलबाट नरेफाँट ट्याक्सी लिएर हिँडेका उनीहरु चारजनाकै संलग्नता देखायो ।

प्रहरीको अनुसन्धानका क्रममा ट्याक्सी चढेकामध्ये पछाडिको सिटमा बसेका तीनजनाले चालक मेघबहादुरको घाटीमा गलबन्दीले पासो लगाएर हत्या गरेको खुल्यो । हत्यालगत्तै उनीहरुले मेघबहादुरका साथमा रहेको रकम र मोबाइलसमेत लुटेका थिए । घटनालगत्तै आरोपीहरुमध्ये दुईजना श्याम लामा र विनोद लामा पक्राउ परे । उनीहरु दुवैजना त्यही बेलादेखि पुर्पक्षका लागि थुनामा थिए ।

जिल्ला अदालत भक्तपुरले २०७८ भदौ ३ गते मेघबहादुरको हत्याका अभियुक्तबारे फैसला गर्दै जनही २० वर्ष कैद सजाय हुने फैसला गर्‍यो । अभियुक्तमध्ये दुईजना भने फरार थिए । त्यसमध्ये एक जनालाई भने उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले १५ वर्षपछि बिहीबार राति पक्राउ गर्न सफल भएको छ ।

बिहीबार कार्यालयको टोलीले मेघबहादुरको हत्याका अभियुक्त वीरमान सिंह भनिने भूलन तामाङलाई पक्राउ गरेको हो । काभ्रे महाभारत गाउँपालिका–३ का तामाङलाई ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई जिल्ला अदालत भक्तपुर पठाउने तयारी भएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतले जानकारी दिए । उनी प्रहरीको निरन्तरको प्रयासपछि पक्राउ परेका हुन् ।

कार्यालयका एसपी काजीकुमार आचार्यले हत्यालगत्तै पक्राउ परेका तामाङ पाँचवर्ष मलेसिया भागेर बसेको खुलेको छ । मलेसियाबाट नेपाल फर्किए पछि भने उनीहरु विभिन्न ठाउँमा लुकिछिपि बस्दै आएको थिए । बिहीबार भने प्रहरीले पक्राउ गर्न सफल भएको जनाएको छ ।

मेघबहादुरको हत्यामा संलग्न एक जनाको समेत खोजी तीव्र पारिएको कार्यालयका एसपी आचार्यले बताए । पक्राउ परेका तामाङले मदिरा सेवनका कारण मेघबहादुरको हत्या गर्न पुगेको बताएका छन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article अब कसैले पनि लोकतन्त्रको विकल्प खोज्दैन: गगन थापा
Next Article हमासले २ छोरासँगै दिएको शव शिरीको होइन, कसको हो, चिनिएन: इजरायल

You Might Also Like

काठमाडौँ - KTMशिक्षा

सार्वजनिक शिक्षालाई विकासको मुख्य एजेण्डा बनाउनु पर्छ: उपाध्यक्ष कँडेल

57 years ago
काठमाडौँ - KTMबिशेष खबर

डाक्टर भट्टराईले लगाए जीवनमै पहिलोपटक दौरा-सुरुवाल !

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

भिजिट भिसा प्रकरणमा आफू र कमाइ पनि बचाउने गरी छानबिन समिति गठन भयो : सांसद कार्की

1 year ago
मुख्य समाचार

शिक्षाबाहेकका विषय पढेकाले पनि शिक्षक लाइसेन्स परीक्षा दिन पाउने

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?