2026-11-02 05:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सार्वजनिक शिक्षालाई विकासको मुख्य एजेण्डा बनाउनु पर्छ: उपाध्यक्ष कँडेल

साउन २६ , काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले सार्वजनिक शिक्षालाई राष्ट्रिय विकासको मुख्य एजेण्डाको रुपमा विकास गर्नुपर्ने बताएका छन् । अन्र्तराष्ट्रिय युवा दिवसको अवसर पारेर शनिवार राजधानीमा राष्ट्रिय युवा महासंघ नेपालले आयोजना गरेको ‘सार्वजनिक शिक्षा प्रणालीका आयामहरु’ विषयक अन्र्तरक्रिया कार्यक्रममा उपाध्यक्ष कँडेलले सो कुरा बताएका हुन् । 

जनताको जीवनलाई सहज हुने खालको शिक्षा प्रणाली लागु गर्न सरकार अगाडी बढेको बताए । उपाध्यक्ष कँडेलले शिक्षा गुणात्मक र आम जनताको पहुँचमा पु¥याउन जरुरी रहेको बताउँदै युवा जमातले पनि सार्वजनिक शिक्षा प्रणालीलाई गुणस्तरीय बनाउन राष्ट्रियव्यापी अभियान सञ्चालन गर्नुपर्ने उल्लेख गरे । 

शिक्षाको गुणस्तर तथा योजना दीगो खालको हुने गरेको र  शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकतामा तत्काल राज्यले नै ध्यान पु¥याउन नसकेको स्वीकारे । कुल बजेटको ९० प्रतिशत भौतिक पूर्वधारका लागि मात्र माग हुदैँ आएको र बाँकी १० प्रतिशत पनि शैक्षिक गुणस्तरभन्दा पूर्वाधारमै खर्च हुने गरेको बताए । 

त्यस्तै अन्तरक्रिया कार्यक्रममा प्राध्यापक डा. मनाप्रसाद वाग्लेले सार्वजनिक शिक्षालाई निजिकरण गर्दै लागेकोमा दुःख व्यक्त गरे । वर्तमान शिक्षा क्षेत्रमा हुने गरेको विकृति नहटेसम्म नेपालको समग्र शिक्षा प्रणालीमा सुधार नहुने बताए । नेपालमा अंग्रेजी शिक्षा पढाउने नाममा छुट्टाछुट्टै कक्षा कोठा सञ्चालन गरी विभेदकारी शिक्षा प्रणालीको सुरु गरेको बताउँदै शिक्षा क्षेत्रलाई नै ध्वस्त बनाएको डा. वाग्लेको भनाई छ । उनले भने–‘सार्वजनिक शिक्षा खतम हुनु भनेको देशको सामाजिक तथा नैतिक रुपमा संकट आउनु हो ।’ 

कार्यक्रममा नेपाल शिक्षक महासंघका राष्ट्रिय अध्यक्ष वावुराम थापाले ८० लाख विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययन गर्दै आईरहेको अवस्थामा सार्वजनिक शिक्षाको गुणस्तरमा सुधार ल्याउन राज्य र सरोकारवालाको ध्यान अझै पुग्न नसकेको बताए । अवको परिवर्तनको हिस्सा युवा भएकोले मुलुक रुपान्तरणमा ध्यान दिन अध्यक्ष थापाले आग्रह गरे । उनले सार्वजनिक शैक्षिक संस्थाहरु जबसम्म बलियो हुन सक्दैन तबसम्म परिवर्तन हुन नसक्ने बताए । थापाले अध्ययनको विषयमा रुचिको पहिचान गरी आफ्ना छोराछोरीलाई शिक्षामा लगाउन अभिभावकलाई सुझाव दिए ।

कार्यक्रममा अर्थशास्त्री डा. धदिराम अधिकारीले बोल्दै सरकारले नीजि र सार्वजनिक दुवै शिक्षालाई सन्तुलनमा राखेर लानुपर्ने बताए । समाजवादको उन्मुख भन्दै शिक्षा क्षेत्रलाई नियन्त्रण गर्न नहुने बताए । शिक्षामा लगानी गर्न सबैले पाउनुपर्ने धारणा राख्दै उच्च शिक्षा लिन विदेश जाने विद्यार्थीहरुलाई सरकारले सहज बनाईदिनुपर्ने बताए । 

कार्यक्रमका सभापति तथा महासंघका अध्यक्ष सुजन घलेले कार्यक्रमको सार्थकता बारे चर्चा गर्दै शिक्षा क्षेत्रको आमूल परिवर्तन ल्याउन युवा वर्गको ध्यान पुग्नुपर्ने बताए । साथै अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजना हुने साताव्यापी कार्यक्रममा समेत सहभागीता जनाई युवा दिवसलाई उत्साहजनक बनाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द