2026-09-06 09:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हमासले २ छोरासँगै दिएको शव शिरीको होइन, कसको हो, चिनिएन: इजरायल

काठमाडौँ | इजरायलले बिहीबार गाजाबाट फिर्ता गरिएका ४ बन्धकका शवमध्ये एउटा हमासले बताएअनुसार शिरी बिबासको नभएको शुक्रबार बताएको छ। बिहीबार हमासले गाजामा बन्धक बनाएर राखिएका ४ जनाको शव रेडक्रसमार्फत इजरायललाई हस्तान्तरण गरेको थियो।

त्यसमा तीन शव शिरी बिबास र उनका दुई छोराको भनिएको थियो। तर दुई अवशेष शिरीका छोराहरू एरियल र कफिरको भएको पुष्टि भए पनि अर्को शव उनीहरूका आमा शिरीको नभएको इजरायली सेनाले बताएको हो।

सेनाका प्रवक्ता अविचय अद्राईले सामाजिक सञ्जाल टेलिग्राममा उल्लेख गरेका छन्, ‘अनुसन्धान प्रक्रियाका क्रममा हस्तान्तरण गरिएकामध्ये तीन जनाको अवशेष सही भए पनि अर्को एक जनाको अवशेष शिरीको होइन र उक्त अवशेष अन्य कुनै पनि अपहृत व्यक्तिसँग मेल खाँदैन।’

तर यस विषयमा हमासले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। ७ अक्टोबर २०२३ मा हमासले शिरी बिबासलाई उनका दुई छोरा एरियल र काफिरसँगै बन्धक बनाएको थियो।

बीबीसीका अनुसार बन्धक बनाउँदा शिरी लगभग ३२ वर्षकी थिइन् भने एरियल ४ वर्ष र काफिर ९ महिनाका थिए। जनवरी १९ देखि युद्धविराम भएयता हमासले बिहीबार मृत बन्धकहरू फिर्ता गरेको यो पहिलोपटक हो।

यसअघि हमासले ६ खेप गरेर जीवित २४ बन्धक रिहा गरेको थियो। सट्टामा इजरायलले ९ सय ३५ जना प्यालेस्टिनी कैदी रिहा गरेको छ। तर हमासको कब्जामा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशीलाई अझै रिहा गरिएको छैन। उनी जीवितै रहेको विश्वासमा सकुशल रिहाइका लागि नेपाल सरकारले पहल गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ