भदौ १२, काठमाडौं । भारत र चीनबीच सीमा क्षेत्रमा चलिरहेको विवाद अन्त्य हुने लक्षण देखिएको छ ।

केही महिनायता दुई देशबीच दोक्लामका विषयमा चलिरहेको विवाद "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १२, काठमाडौं । भारत र चीनबीच सीमा क्षेत्रमा चलिरहेको विवाद अन्त्य हुने लक्षण देखिएको छ ।

केही महिनायता दुई देशबीच दोक्लामका विषयमा चलिरहेको विवाद "/>

2026-06-25 07:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत र चीन दोक्लामबाट सेना फिर्ता बोलाउन तयार

2017-08-28


भदौ १२, काठमाडौं । भारत र चीनबीच सीमा क्षेत्रमा चलिरहेको विवाद अन्त्य हुने लक्षण देखिएको छ ।

केही महिनायता दुई देशबीच दोक्लामका विषयमा चलिरहेको विवाद समाधान गर्न दुबै देशका अधिकारीहरु सहमत भएका जनाइएको छ । कूटनीतिकस्तरमा भइरहेको प्रयासस्वरुप महत्वपूर्ण सहमति बनेको दाबी भारतीय अधिकारीहरुले गरेका छन् ।

भारतीय विदेश मन्त्रालयकाअनुसार दुबै देश दोक्लामबाट सेना हटाउन तयार भएका हुन् । दोक्लामका विषयमा भारत र चीनले हालैका दिनमा कूटनीतिकस्तरमा एकापसको चिन्ता र हितकाबारेमा छलफल गरेको र यसै आधारमा दोक्लाम विवाद कम गर्न सेना हटाउने फैसला लिएको विदेश मन्त्रालयले विज्ञप्ति निकाली जनाएको छ । सीमा विवादकै कारण केही महिनायता भारत र चीनबीच तनावपूर्ण अवस्था बनेको थियो ।

सन् १९६२ मा युद्ध मैदानमा आमने–सामने भइसकेका यी दुई मुलुकमा फेरि युद्ध भड्किने आशंका बढेकाबेला शान्तिपूर्ण समाधान खोजिएको जनाइएको छ । दोक्लाम विवाद बढेपछि दुबै देशले सीमामा सुरक्षा फौजको तैनाथी बढाएका थिए । दोक्लाममा चीनले सडक बनाउन लागेकोमा भारतले विरोध गरेपछि विवाद बढेको थियो ।

दोक्लाम भारतको सिक्किम, भुटान र चीनको साझा सीमा क्षेत्र रहेको दाबी भरतले गर्दै आएको छ भने चीन दोक्लाम भुटानसँगको सीमा क्षेत्रमात्र भएको जिकिर गर्दछ । चीनले दोक्लामसम्म सडक ल्याएमा भारतको उत्तरपूर्वी राज्यमा चीनको सीधा पहुँच हुने डरमा भारत रहेको छ । -एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ