2026-10-10 11:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कन्नड फिल्म ‘कान्तरा’को कमाइ निरन्तर उकालो लाग्दै, भारतमा कमायो १५० करोड

कात्तिक ८, काठमाडौँ | कन्नड फिल्म ‘कान्तरा’ अहिले निकै चर्चामा छ । दर्शकले फिल्मलाई रुचाउँदै प्रशंसामा आफ्ना शब्दहरु खर्चिरहेका छन् ।

बक्स अफिसमा उत्कृष्ट कमाइ गरिरहेको कान्तरा गत ३० सेप्टेम्बरमा रिलिज भएको हो । पोन्नियिन सेल्वन-१ जस्तो साउथ फिल्म र ऋतिक रोशन र सैफअलि खान स्टारर बलिउड फिल्म ‘विक्रम वेधा’सँगै कान्तरा रिलिज भएको थियो । अरु फिल्म हिन्दी लगायत अन्य भाषामा रिलिज हुँदा कान्तरा भने कन्नडमा मात्रै आएको थियो ।

कान्तराको सकारात्मक समीक्षा र अर्को भाषामा पनि रिलिज गर्नुपर्ने दर्शकको मागका कारण १४ अक्टोबरमा फिल्म हिन्दी भाषामा पनि प्रदर्शनमा ल्याइयो । यसको केही दिन पहिले तेलुगू र तमिल भाषामा पनि फिल्म रिलिज गरिसकिएको थियो । २० अक्टोबरमा मलायालममा पनि आएपछि फिल्म अहिले पाँच भाषामा चलिरहेको छ ।

कान्तरा सिनेमा हलमा लागेको चौथो हप्ता पूरा हुन लागेको छ । फिल्मले भारतीय बक्स अफिसमा हालसम्म १५० करोड भारुको व्यापारिक आँकडा पार गरिसकेको छ । यसको विश्वव्यापी कमाइ २०० करोड भारु रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

रिसब सेट्टीको लेखन तथा निर्देशन रहेको कान्तरामा रिसब सेट्टी, किशोर, अच्युत कुमार, प्रमोद सेट्टी, सप्तमी गोड्वा लगायतको मुख्य भूमिका रहेको छ । फिल्मले नेपालमा पनि राम्रै कमाइ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध