2026-06-25 10:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्पको बिरोध गर्दै उत्तर कोरियाले भन्यो – ‘विनाशको नयाँ सङ्केत’

माघ २१, प्योङयाङ (रासस/सिन्ह्वा) | उत्तर कोरियाले अमेरिकी राष्ट्रपतिले ‘स्टेट अफ यूनियन’ मा गरेको सम्बोधनको आइतबार विरोध गर्दै यसलाई ‘विनाशको नयाँ सङ्केत’ भनेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई शत्रुको रूपमा सम्बोधनमा बताएको बिषयलाई लिएर प्योङयाङको यो भनाई आएको हो । 

गत हप्ता अमेरिकी ‘स्टेट अफ द यूनियन’ मा गरेको सम्बोधनमा राष्ट्रपति ट्रम्पले अमेरिकी सरकारले आफ्नो वस्तीको सुरक्षाको अत्यधिक दवावसहित उत्तर कोरियाको आणविक मोह विरोधी अभियान चलाएको बताउनुभएको थियो । 

“ट्रम्पको अमेरिकी पहिलो भन्ने भावको सम्बोधनबाट विश्वले ‘विनासको नयाँ सङ्केत’ देखेको र आणविक हतियारको आधारमा रहेको ‘असन्तुलित शक्ति’ ले विश्वका अन्य मुलुकहरू अमेरिकी चासोका बिषयमा झुक्नु परेको छ,”उत्तर कोरियाको विदेश मामिला मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै कोरियाली केन्द्रीय समाचार संस्था (केसिएनए)ले बताएको छ । 

विदेश मन्त्रालयका प्रवक्ताले ट्रम्पलाई उत्तर कोरियामाथि समर्पण गर्न क्रुरतापूर्वक ‘अत्यधिक दवाव’ दिएको पनि आरोप लगाउनुभएको छ । 

“यो अन्तर कोरियाली सम्बन्धलाई राम्रो बन्न नदिने लक्ष्यका साथ आएको उदण्डता हो,” उहाँले भन्नुभयो । 

राष्ट्रपतिका रूपमा ट्रम्पले जिम्मेवारी सम्हालेसँगै दुई मुलुकबीच तनाव चुलिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ