By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    14 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    17 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    17 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    17 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    21 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    20 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    21 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: भ्रष्टाचारको मुद्दामा तानिदै विश्वका नेता, वार्षिक एक खर्ब २५ अर्ब डलर भ्रष्टाचार
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > भ्रष्टाचारको मुद्दामा तानिदै विश्वका नेता, वार्षिक एक खर्ब २५ अर्ब डलर भ्रष्टाचार
काठमाडौँ - KTMविश्व

भ्रष्टाचारको मुद्दामा तानिदै विश्वका नेता, वार्षिक एक खर्ब २५ अर्ब डलर भ्रष्टाचार

साझासवाल
Last updated: July 11, 2018 10:05 am
साझासवाल
8 Min Read
Share

रमेश लम्साल/असार २७, काठमाडौँ | नेपाली समाजमा लोकप्रिय एउटा उखान छ, ‘धन देख्दा महादेवको पनि तेस्रो नेत्र खुल्छ ।’ तर यो उखान नेपालमा मात्र नभएर विश्व मै सान्दर्भिक देखिएको छ । 

यो उखानजस्तै विश्वका चर्चित राजनीतिक नेता पनि एक पछि अर्को गर्दै धनको लोभमा परेका र भ्रष्टाचारको मुद्दामा तानिएका छन् । 

शक्तिको दुरुपयोग गरेर व्यक्तिगत स्वार्थका लागि राष्ट्रिय सम्पत्तिको हिनामिना गरेको भन्दै पछिल्लो दुई सातामा मलेसिया र पाकिस्तानका पूर्वप्रधानमन्त्री यो मुद्दामा तानिए । संसारभर नै भ्रष्टाचारका कारण नैतिकता र राजनीतिक साख गुमेको तथा राजनीतिक नेतृत्व जनताप्रति इमान्दार छैनन् भन्ने पनि पछिल्ला यी घटनाले प्रष्ट पारेको छ । 

विश्व वैंकको पछिल्लो एक तथ्याङ्कअनुसार हरेक वर्ष एक खर्ब २५ अर्ब डलर भ्रष्टाचारका कारण अपचलन हुने गरेको छ । विश्वभर नै भ्रष्टाचार विरुद्धको अभियानमा संलग्न ट्रान्सपरेन्सी इन्टरनेशनले भ्रष्टाचार संस्कृतिको रुपमा फैलदै गएको र त्यो भयावह रहेको जनाएको छ । 

उसले भनेको, ‘सार्वजनिक खरिद प्रक्रियामा रहने छिद्रका कारण आम मानिसले थाहा नपाउने गरी नै भ्रष्टाचार हुने गरेको छ ।’ ट्रान्सपरेन्सीले थप भनेको छ, ‘संसारका धनी वा गरिब सबै देशमा भ्रष्टाचार महारोगका रुपमा फैलिएको छ र त्यसले हरेक वर्ष ४०० बिलियन अमेरिकी डलर बराबरको हानी नोक्सानी गरेको छ ।’ 

सत्ताको बलमा कानुन मिच्ने, आफ्ना नाता गोता र आफन्तमार्फत अकूत सम्पत्ति कमाउन खोज्ने प्रवृत्ति संसारमै रोगजस्तै फैलिएको छ । सभ्य भनिने संसारलाई चुनौती दिने अनियमितता रोक्न भनेर गरिएका प्रयाससमेत फितलो र कामकाजी बन्न सकेका छैनन् । 

केही दिन पहिले मात्रै मलेशियाका पूर्वप्रधानमन्त्री नजिब रजाक पक्राउ पर्नुभयो । ९२ वर्षीय महाथिर पुनःसत्तामा आएपछि मलेसियाको राजनीतिमा करिब ६० वर्ष भन्दाबढी समय बिताएका रजाकमाथि भ्रष्टाचारको मुद्दा लाग्यो । यो एउटा समान्य परिघटना मात्रै थिएन । शक्तिको बलमा राज्यको साधन र स्रोतमाथि कुन हदसम्मको बदमासी गरिन्छ भन्ने उदाहरण पनि हो । 

पूर्वप्रधानमन्त्री रजाकमाथि ७५ अर्ब बढीको भ्रष्टाचार गरेको आरोप लागेको छ । सो आरोपको पुष्टि होला वा नहोला त्यो भने आगामी दिनमा नै थाहा होला तर, जुन प्रवृत्तिका कारण पूर्वप्रधानमन्त्री समातिए त्यसले भने भ्रष्टाचार विरुद्धको लडाई सरल र सहज छैन भन्ने देखाइदिएको छ । 

मलेसियाको एक अनुसन्धान निकायले रजाकका श्रीमतीका गरगहना, बहुमुल्य सामान र नगद गरी २७ करोड डलर बराबरको सम्पत्तिसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्वप्रधानमन्त्रीका आफन्त, नातागोता तथा उहाँको कार्यकालमा हर्ताकर्ता बनेका माथिसमेत छानबिन शुरु गरेको अनुसन्धान संस्थाले जनाएको छ । 

रजाकका समर्थकले उनीमाथि राजनीतिक प्रतिशोध साधिएको बताएका छन् । तर सरकारले भने राज्यस्रोतको दुरुपयोग गरेको भन्दै कडा कारवाही गर्ने जनाएको छ । पूर्वप्रधानमन्त्री माथिको आरोपको पुष्टि भए या नभएपनि राजनीतिक नेतृत्व जनताप्रति इमान्दार रहेनछ भन्ने सो घटनाले प्रष्ट देखाउँछ । सत्ता र शक्ति पाएपछि विगतमा इमान्दार भनिएका पनि भ्रष्टाचारको आहालमा नराम्ररी डुब्दा रहेछन् भन्ने सो घटनाले प्रष्ट संकेत गर्दछ । 

राजनीतिक प्रणालीमा रहेको छिद्र खोजेर भ्रष्टाचार गर्ने, व्यक्तिगत सुख सयलका लागि खर्च गर्ने, शक्तिको दुरुपयोग गर्ने तथा त्यसैलाई माध्यम बनाएर गैरकानुनी तवरले सम्पत्ति जोडने संस्कृति राजनीतिक नेतृत्वमा हावी भएको छ । 

यस्तै पछिल्लो उदाहरण बनेको छ इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुकी धर्मपत्नीको मुद्दा । प्रधानमन्त्रीको सरकारी निवासमा खाना बनाउने कामदार उपलब्ध नभएको बताउँदै राज्य कोषको दुरूपयोग गरी एक लाख अमेरिकी डलरको खाना खरिद गरेको आरोप पूर्व प्रधानमन्त्री पत्नी सारामाथि लागेको छ । 

उनान्साठी वर्षीया सारामाथि भ्रष्टाचारको अभियोगमा मुद्दा चलिरहेको छ । सन् २०१० देखि २०१३ सम्म नेतन्याहु, उहाँको परिवार र पाहुनाका लागि भनी तीन लाख ५९ हजार सेकेल्स (इजरायली मुद्रा) बराबरको खाना खरिद गरी नक्कली बिल पेश गरेको आरोप लागेको छ । 

त्यस्तै भ्रष्टाचारको अभियोगमा पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई तीन दिन पहिले दश वर्षको जेल सजाय सुनाइएको छ । पाकिस्तानको एक अदालतले उहाँलाई लण्डनमा किनेको चार वटा सुविधासम्पन्न ‘फ्ल्याट’सँग सम्बन्धित भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरेको हो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमकाअनुसार अदालतले सरिफकी छोरी मर्याम नवाज सरिफलाई सात वर्ष र छोरा सफ्दर अवनलाई पनि एक वर्षको सजाय दिएको छ । नवाज सरिफले भने यसलाई राजनीतिप्रेरित रहेको प्रतिक्रिया दिनुभएको छ । सरिफ र उहाँका छोरी भने श्रीमती कुसुम नवाजको क्यान्सर उपचारको क्रममा बेलायातमा हुनुहुन्छ । न्यायाधीश मोहम्मद बासिरले सरिफलाई आफ्नो आम्दानीभन्दा बढीको सम्पति राखेकोमा दश वर्ष र भ्रष्टाचारको मुद्दा हेरिरहेको नेशनल एकाउन्टविलिटी व्यूरोलाई सहयोग नगरेकोमा थप एक वर्ष सजाय सुनाएको छ । 

राज्यको साधान स्रोतको दुरुपयोग गर्ने, व्यापारिक तथा पारिवारिक स्वार्थमा सरकारी संयन्त्र परिचालन गर्ने प्रवृत्ति पनि पछिल्लो दिनमा हावी भएको यी घटनाक्रमले पुष्टि गरेको छ । 

कतिपय मुद्दा भने राजनीतिक विचार र सिद्धान्तसँग जोडिएर आएका छन् । तर धेरै जसो मुद्दा भने चरम राज्य शक्तिको दुरुपयोगले निम्त्याएको लुटको श्रृंखलाको रुपमा देखिन्छ । दक्षिण कोरियाका पूर्वराष्ट्रपति पार्क गे उन हाइलाई शक्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा गत वर्ष पक्राउ गरियो । अदालतले पार्कलाई एक करोड ६८ लाख अमेरिकी डलर जरिवाना तोकेको छ । 

दक्षिण कोरियामा राष्ट्रपति पदमा चुनिने पार्क गुउन हाइ पहिलो महिला भएपनि दक्षिण कोरियामा अपराधमा तानिएर हिरासतमा पर्नेमा भने उहाँ तेस्रो राष्ट्रपति हुनुहुन्छ । उहाँपछि अर्का पूर्वराष्ट्रपति लि म्युङ बाकलाई पनि भ्रष्टाचार, कर छली र सार्वजनिक स्रोत, साधन र शक्तिको दुरुपयोगको अभियोगमा पक्राउ गरिएको छ । 

पदमा नै रहेका वखत उहाँमाथि लागेको अभियोगले संसार हल्लाइदिएको थियो । उहाँलाई अदालतले दोषी ठहरगर्दै २४ वर्षको कैद सजाय सुनाएको छ । हाल ६६ वर्षीय पूर्वराष्ट्रपतिको बाँकी जीवन कारावासमा नै बित्ने निश्चित भएको छ । 

यसैवर्ष दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमा पनि भ्रष्टाचारको आरोपमा तानिनुभयो । उहाँलाई पनि शक्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोप लागेको छ । सन् २००९ देखि लागेको आरोप २०१८ मा आइपुग्दा पुष्टि भयो र पद छाड्नुप¥यो । 

भ्रषटाचारको श्रृंखलाबाट बङ्गलादेश पनि अछुतो छैन । पूर्वप्रधानमन्त्री खालिदा जियालाई भ्रष्टाचारको आरोपमा जेल पठाइएको छ । खालिदाले बङ्गलादेशमा १० वर्ष प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हाल्नु भएको थियो । उहाँलाई राज्यशक्तिको दुरुपयोग गरेको आरोप लागेको छ । बङ्गलादेशमा राजनीतिकरुपमा सिध्याउन भ्रष्टाचारको आरोप लगाइएको र खालिदालाई पनि त्यस्तै गरिएको आलोचकले बताएका छ्न् । 

यस्तै फुटबलको महाशक्ति मानिने ब्राजिलका पूर्वराष्ट्रपति लुला डि सिल्भालाई पनि भ्रष्टाचारको आरोपमा कैद सजाय सुनाइएको छ । सो देशको सर्वोच्च अदालतले सिल्भालाई १२ वर्षको कैद सजाय सुनाएको छ । तर सिल्भाले भने निकट भविस्यमा हुनलागेको राष्ट्रपतिको निर्वाचनलाई प्रभावित पार्न भ्रष्टाचारको नाटक रचिएको प्रतिक्रिया दिदै आउनुभएको छ । 

पेरुमा पनि पूर्वराष्ट्रपति पाब्लो माथि भ्रष्टाचारको आरोप लागेको छ । उहाँमाथि लागेको आरोपको छानबिन भइरहेको छ । भारत, पोर्चुगल, रोमानिया, इजरायल, सर्बियालगायतका देशका शीर्ष नेता तथा राजनीतिज्ञमाथि पनि भ्रष्टाचारको आरोप लागेको छ । 

कुनै समय शक्तिशाली र लोकप्रिय नेता एक पछि अर्को गर्दै भ्रष्टाचारको आरोपमा पक्राउ परिरहेका छन् । यसले राजनीतिक इतिहास र विरासतको बदनाम गर्ने मात्र होइन कि विगतका आदर्शका शिखरहरु पनि एकाएक ढलेका छन् । कानुन भन्दा माथि कोही पनि रहेका छैनन् र हुँदैनन् भन्ने पनि पछिल्ला यी उदाहरणले देखाएको छ । धेरैजसो मुलुकमा भ्रष्टाचारका कारण राजनीतिक प्रणालीमाथि नै प्रश्न चिन्ह लाग्न थालेको छ । यसलाई सम्बोधन गर्न विश्व समुदायले कस्तो प्रयास गर्ने हो भन्ने विषय त भविस्यकै गर्भमा छ । (विभिन्न एजेन्सीको सहयोगमाा) 

Share This Article
Facebook Email Copy Link Print
Previous Article एक यस्ता पति जसले आफ्नी पत्नीको विवाह उनकै प्रेमीसँग गराइदिए!
Next Article आमनिर्वाचन अभियानसँगै पाकिस्तानमा हिंसा बढ्दै
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारराजनीतिसल्यान - SLN

स्थानीय तहमा युवाहरु सक्रिय भए दलहरुलाई टाउको दुख्छ: युवराज खड्का युवा अभियन्ता

2 years ago
काठमाडौँ - KTMस्वास्थ्य

८८ प्रतिशत संक्रमित सङ्क्रमणमुक्त

57 years ago
काठमाडौँ - KTMप्रवास

ग्राउण्ड जिरो: कोरियामा गरिएको बुद्ध प्रतिमा प्रतिस्थापनामा अनियमितता

57 years ago
काठमाडौँ - KTMराजनीति

भारतीय राष्ट्रपति मुखर्जी नेपाल आउँदै, आज सार्वजनिक बिदा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?