2026-09-08 07:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ग्राउण्ड जिरो: कोरियामा गरिएको बुद्ध प्रतिमा प्रतिस्थापनामा अनियमितता

सास | पुष ६, काठमाण्डौ | बिश्व शान्तिका अग्रदुत सहित अन्तिम् सत्यको साक्षात्कार गरेका महामानव गौतम बुद्धको प्रतिमा नेपालदेखि खरिद गरि दक्षिण कोरियाको धार्मिक पर्यटकीय शहर योङ्गगीन प्रान्तको वाउछङ्सा गुम्बामा प्रतिस्थापन गरिएको अभियानमा दक्षिण कोरिया स्थीत नेपाली दुतावास संरक्षकमात्र रहेको भनिएको र नेपाली सम्पर्क समिति अध्यक्ष डोल कुमारी खत्री उर्फ अंञ्जु केसी संयोजक रहेर आर्थिक बिभाग सम्हालेको समितिले गरेको आर्थिक हिसाब-किताबमा साझा सवाल डटकमले यो भन्दा अगाडी “बुद्ध मुर्ति प्रतिमा प्रतिस्थापन खर्चका कागजात सबै किन गोप्य” भनी गरेको खोजमुलक समाचारको ग्राउण्ड जिरोमा पुगेको छ ।

अभियान सुरुवातकै क्रममा बिबादित बनेर दलगत रुपमा देखिएको बिशुद्ध देशसँग जोडीएको अभियानमा कोरियामा रहेका बिभिन्न क्षेत्रमा आबद्ध कुल ४०६ जना नेपाली मध्यबाट कुल ५ करोड २० लाख ७६ हजार ५ सय ४१ कोरियन वोन संकलन भई ललितपुरको नेपाल क्युरियो आर्ट मार्फत प्रभा सहित ६०० केजी तौलको तामा र धातु मिश्रित बुद्ध प्रतिमा खरिद गरि सन् २०१८ मे २० का दिन प्रतिस्थापना गरिएको थियो भने सार्बजनिक सरोकारको बिषयलाई सचिवालयले झुटो प्रचार गरि ८०० केजी तौलको प्रतिमा भनी मिडियाबाजी गरेको बिषयलाई साझासबाल मिडियाले उठान गरेसँगै सचिवालयले तौलको बिषय बाहिर ल्याएको थियो । 

सन् २०१८ फेब्रुअरी १० तारिखका दिन नेपाल क्युरियो आर्टका म्यानेजिङ्ग डाईरेक्टर जुनिल नरसिंङ्ग शाक्य र नेपाली सम्पर्क समिति कोरियाकी अध्यक्ष अन्जु केसी बिच प्रतिमा खरिद प्रक्रियामा तौल, मुल्य, उचाई, रकम भुत्तानीका बिषयमा हस्ताक्षर सहित सम्झौता भई खरिद प्रक्रिया अगाडी बढीसकेको भएपनि सम्झौता पश्चात प्रतिमाको मुल्यका बिषयमा म्यासेन्जरबाट संयोजक अञ्जु केसीले नेपाल क्युरियो आर्टसँग मुल्यकै बिषयमा कुराकानी गरिरहेको देखिन्छ भने बुद्धको प्रतिमा सहित कार्गो प्रक्रियामा गरिने प्राबिधिक सहित कुल खर्च २३ लाख ९० हजार २ सय ५० नेपाली रुपैयाका बिषयमा कुराकानी भएको देखिन्छ, जसलाई सचीवालयले स्विकार गरेको छ तर कार्गो प्रक्रियामा केवल ८६ हजार नेपाली रुपैया हुँनुपर्नेमा ३९ हजार २ सय ५० नेपाली रुपैया बढी खर्च देखाई रेमिटयान्सबाटै कम्पनिको खातामा भुत्तानी गरिएको छ जसको आधिकारीक बिल साझा सबालले प्राप्त गरेको छ । 

तश्विरमा: बुद्ध मुर्तिको कार्गो प्रक्रियामा काटिएको बिल (कार्गो कम्पनीको नाम गोप्य राखिएको छ)

त्यस्तै खरिद प्रक्रियामा पठाईएको भनिएको तेईस लाख नब्बे हजार दुई सय पचास नेपाली रुपैयाँको तत्कालीन बिनिमयदर अनुसार २,४६,६४,९९७ कोरियन वोन हुँनुपर्नेमा ३९,३३५ कोरियन वोन बढाएर हिसाब देखाईएको छ भने अझ गम्भिर त्रृटी बैधानिक मापदण्ड रेमिट अपनाईएर प्रतिमा निर्माण कम्पनिको नेपाल ईन्भेष्टमेण्ट बैंकमा रहेको खातामा कुल २३,९०,२५० नेपाली रुपैयाँ पठाईएको बिबरण सार्बजनिक गरेपनि बुद्ध प्रतिमा खरिद गरेको कोरिया बौदिष्ट वावो टेम्पलको नाममा जारी भएको चलानी बिजकमा ८,४७५ अमेरिकी डलर अर्थात तत्कालीन बिनीमय दर अनुसार ८,७२,००९.७ नेपाली रुपैयाँ कायम गरिएको छ भने निर्माता कम्पनिले पानबिलमा जारी गरेको बुद्ध प्रतिमाको मुल्य २२,५०,००० नेपाली रुपैयाँ कायम गरिएको भएपनि ह्याण्डिक्राफ्ट सामाग्रीको लागि मुल्य अभिबृद्धि करमा बिजक जारी गर्नु नपर्ने प्राबधान हुँदाहुँदै मुल्य किन, कसका लागी, के प्रयोजनका लागि घटाएर चलानी बनाईएको हो, उद्देश्य के हो ? अनियमितता हो वा होईन ? त्यो बिषयमा समेत समिति मौन छ, जुन कानुन बिपरित ठहरिन्छ भने रेमिटयान्स गरिएको प्रक्रियामा समेत एक कम्पनि भनि अर्को कम्पनि उल्लेख गरेको पाईएको छ जसको प्रमाण सुरक्षीत रहेको छ । 

तश्विरमा: बुद्ध मुर्ति पठाउने क्रममा एक्सपोर्टर बिल (कम्पनीको नाम गोप्य राखिएको छ)

तश्वीरमा: नेपाल क्युरियो आर्टले जारी गरेको प्यान बिल

त्यस्तै सचिवालयले सन् २०१८ भरिमा गरिएको कुल खर्च भनि सार्बजनिक गरिएको बिबरण अनुसार ४,४६,०३,२४७ हुनु पर्नेमा २,२०,९१५ कोरियन वोन बढाएर खर्च देखाएको छ भने सन् २०१९ मे १२ तारिख एक कार्यक्रम आयोजना गरि बुद्ध प्रतिमा स्थापना अभियान समापन गरेको घोषणा गर्दा ३,८७,४४३ कोरियन वोन घाटा भएको र सचिवालय सदस्यबाट पुर्ति गरिएको बताएपनि आर्थिक बिबरणमा त्यस्तो देखिन्न । आम सर्बसाधारणमा सरासर झुट बोलिएको छ भने अभियानको प्रचारमा भूमिका खेलेका पत्रकारले समेत अभियानका क्रममा भएको गलत प्रक्रियालाई लुकाएर समाचार संप्रेषण गरेका छन् । 

मोबाइल स्क्रिनसट तश्वीर: संयोजक अंञ्जु केसी र नेपाल क्युरियो आर्ट्सका संचालकबीच भएको कुराकानी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग