2026-10-26 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ग्राउण्ड जिरो: कोरियामा गरिएको बुद्ध प्रतिमा प्रतिस्थापनामा अनियमितता

सास | पुष ६, काठमाण्डौ | बिश्व शान्तिका अग्रदुत सहित अन्तिम् सत्यको साक्षात्कार गरेका महामानव गौतम बुद्धको प्रतिमा नेपालदेखि खरिद गरि दक्षिण कोरियाको धार्मिक पर्यटकीय शहर योङ्गगीन प्रान्तको वाउछङ्सा गुम्बामा प्रतिस्थापन गरिएको अभियानमा दक्षिण कोरिया स्थीत नेपाली दुतावास संरक्षकमात्र रहेको भनिएको र नेपाली सम्पर्क समिति अध्यक्ष डोल कुमारी खत्री उर्फ अंञ्जु केसी संयोजक रहेर आर्थिक बिभाग सम्हालेको समितिले गरेको आर्थिक हिसाब-किताबमा साझा सवाल डटकमले यो भन्दा अगाडी “बुद्ध मुर्ति प्रतिमा प्रतिस्थापन खर्चका कागजात सबै किन गोप्य” भनी गरेको खोजमुलक समाचारको ग्राउण्ड जिरोमा पुगेको छ ।

अभियान सुरुवातकै क्रममा बिबादित बनेर दलगत रुपमा देखिएको बिशुद्ध देशसँग जोडीएको अभियानमा कोरियामा रहेका बिभिन्न क्षेत्रमा आबद्ध कुल ४०६ जना नेपाली मध्यबाट कुल ५ करोड २० लाख ७६ हजार ५ सय ४१ कोरियन वोन संकलन भई ललितपुरको नेपाल क्युरियो आर्ट मार्फत प्रभा सहित ६०० केजी तौलको तामा र धातु मिश्रित बुद्ध प्रतिमा खरिद गरि सन् २०१८ मे २० का दिन प्रतिस्थापना गरिएको थियो भने सार्बजनिक सरोकारको बिषयलाई सचिवालयले झुटो प्रचार गरि ८०० केजी तौलको प्रतिमा भनी मिडियाबाजी गरेको बिषयलाई साझासबाल मिडियाले उठान गरेसँगै सचिवालयले तौलको बिषय बाहिर ल्याएको थियो । 

सन् २०१८ फेब्रुअरी १० तारिखका दिन नेपाल क्युरियो आर्टका म्यानेजिङ्ग डाईरेक्टर जुनिल नरसिंङ्ग शाक्य र नेपाली सम्पर्क समिति कोरियाकी अध्यक्ष अन्जु केसी बिच प्रतिमा खरिद प्रक्रियामा तौल, मुल्य, उचाई, रकम भुत्तानीका बिषयमा हस्ताक्षर सहित सम्झौता भई खरिद प्रक्रिया अगाडी बढीसकेको भएपनि सम्झौता पश्चात प्रतिमाको मुल्यका बिषयमा म्यासेन्जरबाट संयोजक अञ्जु केसीले नेपाल क्युरियो आर्टसँग मुल्यकै बिषयमा कुराकानी गरिरहेको देखिन्छ भने बुद्धको प्रतिमा सहित कार्गो प्रक्रियामा गरिने प्राबिधिक सहित कुल खर्च २३ लाख ९० हजार २ सय ५० नेपाली रुपैयाका बिषयमा कुराकानी भएको देखिन्छ, जसलाई सचीवालयले स्विकार गरेको छ तर कार्गो प्रक्रियामा केवल ८६ हजार नेपाली रुपैया हुँनुपर्नेमा ३९ हजार २ सय ५० नेपाली रुपैया बढी खर्च देखाई रेमिटयान्सबाटै कम्पनिको खातामा भुत्तानी गरिएको छ जसको आधिकारीक बिल साझा सबालले प्राप्त गरेको छ । 

तश्विरमा: बुद्ध मुर्तिको कार्गो प्रक्रियामा काटिएको बिल (कार्गो कम्पनीको नाम गोप्य राखिएको छ)

त्यस्तै खरिद प्रक्रियामा पठाईएको भनिएको तेईस लाख नब्बे हजार दुई सय पचास नेपाली रुपैयाँको तत्कालीन बिनिमयदर अनुसार २,४६,६४,९९७ कोरियन वोन हुँनुपर्नेमा ३९,३३५ कोरियन वोन बढाएर हिसाब देखाईएको छ भने अझ गम्भिर त्रृटी बैधानिक मापदण्ड रेमिट अपनाईएर प्रतिमा निर्माण कम्पनिको नेपाल ईन्भेष्टमेण्ट बैंकमा रहेको खातामा कुल २३,९०,२५० नेपाली रुपैयाँ पठाईएको बिबरण सार्बजनिक गरेपनि बुद्ध प्रतिमा खरिद गरेको कोरिया बौदिष्ट वावो टेम्पलको नाममा जारी भएको चलानी बिजकमा ८,४७५ अमेरिकी डलर अर्थात तत्कालीन बिनीमय दर अनुसार ८,७२,००९.७ नेपाली रुपैयाँ कायम गरिएको छ भने निर्माता कम्पनिले पानबिलमा जारी गरेको बुद्ध प्रतिमाको मुल्य २२,५०,००० नेपाली रुपैयाँ कायम गरिएको भएपनि ह्याण्डिक्राफ्ट सामाग्रीको लागि मुल्य अभिबृद्धि करमा बिजक जारी गर्नु नपर्ने प्राबधान हुँदाहुँदै मुल्य किन, कसका लागी, के प्रयोजनका लागि घटाएर चलानी बनाईएको हो, उद्देश्य के हो ? अनियमितता हो वा होईन ? त्यो बिषयमा समेत समिति मौन छ, जुन कानुन बिपरित ठहरिन्छ भने रेमिटयान्स गरिएको प्रक्रियामा समेत एक कम्पनि भनि अर्को कम्पनि उल्लेख गरेको पाईएको छ जसको प्रमाण सुरक्षीत रहेको छ । 

तश्विरमा: बुद्ध मुर्ति पठाउने क्रममा एक्सपोर्टर बिल (कम्पनीको नाम गोप्य राखिएको छ)

तश्वीरमा: नेपाल क्युरियो आर्टले जारी गरेको प्यान बिल

त्यस्तै सचिवालयले सन् २०१८ भरिमा गरिएको कुल खर्च भनि सार्बजनिक गरिएको बिबरण अनुसार ४,४६,०३,२४७ हुनु पर्नेमा २,२०,९१५ कोरियन वोन बढाएर खर्च देखाएको छ भने सन् २०१९ मे १२ तारिख एक कार्यक्रम आयोजना गरि बुद्ध प्रतिमा स्थापना अभियान समापन गरेको घोषणा गर्दा ३,८७,४४३ कोरियन वोन घाटा भएको र सचिवालय सदस्यबाट पुर्ति गरिएको बताएपनि आर्थिक बिबरणमा त्यस्तो देखिन्न । आम सर्बसाधारणमा सरासर झुट बोलिएको छ भने अभियानको प्रचारमा भूमिका खेलेका पत्रकारले समेत अभियानका क्रममा भएको गलत प्रक्रियालाई लुकाएर समाचार संप्रेषण गरेका छन् । 

मोबाइल स्क्रिनसट तश्वीर: संयोजक अंञ्जु केसी र नेपाल क्युरियो आर्ट्सका संचालकबीच भएको कुराकानी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने