By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    8 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    11 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    11 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    11 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    15 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    14 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    15 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: कोरोनाभाइरसबाट निको भएकी महिलाः “मेरो रगतले रहस्य पत्ता लगाउनेछ”
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > कोरोनाभाइरसबाट निको भएकी महिलाः “मेरो रगतले रहस्य पत्ता लगाउनेछ”
काठमाडौँ - KTMविश्व

कोरोनाभाइरसबाट निको भएकी महिलाः “मेरो रगतले रहस्य पत्ता लगाउनेछ”

साझासवाल
Last updated: April 3, 2020 12:46 pm
साझासवाल
7 Min Read
Share

लाउरान नीगार्ड र मार्शल रिजेल | चैत २१, न्यूयोर्क (रासस–एपी) | कोरोनाभाइरसबाट संक्रमित भएको थाहा पाउँदा त्रासले श्वास नै अबरुद्ध भएको अनुभव टिफानी पिन्क्नीको दिमागमा अझै ताजै छ । न्यूयोर्क शहरकी यी ३९ वर्षीया आमा निको मात्र हुनु भएन उहाँले अरु बिरामी बचाउने सन्दर्भमा अर्को नयाँ इतिहास पनि रच्नुभयो । उहाँले अन्य गम्भीर बिरामीहरूको उपचारमा सहयोग पु–याउन आफ्नो रगत दान गर्नु भएको छ । 

पिन्क्नीले एसोसिएटेड प्रेसलाई भन्नुभयो, “मेरो रगतमा सायद कोरोनाको उपचारसँग जोडिएका प्रश्नहरुको उत्तर हुन सक्दछ । यो कुरा थाहा पाउँदा मलाई अति खुशी लागेको छ ।”

विश्वभरका चिकित्सकहरूले संक्रामक रोगलाई फैलिन नदिन शताब्दियौं पुरानो उपचार पद्धतिलाई बेवास्ता गरिरहेका छन्ः अर्थात् नयाँ कोरोनाभाइरसलाई परास्त गर्न रक्त प्लाज्माको प्रयोग । हुनत यसले बिरामी व्यक्ति ठीक भइहाल्छ भन्ने कुनै प्रामाणित तथ्य त छैन । तर ह्युस्टन र न्यूयोर्कमा उपचारपछि ठीक भएका धेरै व्यक्तिहरु आफ्नो रगत दान गर्न उत्सुकतापूर्वक प्रतिक्षा गरिरहेका छन् । अस्पताल र रक्त केन्द्रहरू पनि यसको नतिजालाई पर्खेर तयारी अवस्थामा बसेका छन् । 

न्यूयोर्कको माउन्ट सिनाई अस्पतालका अध्यक्ष डा डेभिड राइखले भन्नुभयो, “अहिले यो विधिका बारेमा चौतर्फी चासो छ, र मानिसहरु यो विधि अपनाउन भनिरहेका छन् ।” यही अस्पतालमा टिफानीको उपचार गरिएको र निको पनि हुनु भएको थियो । 

“यो रोग लागेपछि मानिसहरु निःसहाय अनुभव गर्दछन् । कतिपयले जीवनको आशा मार्छन् । रक्तदानले अरु हजारौंको जीवन बचाउन सक्ने सम्भावना छ ।” उहाँले भन्नुभयो, “उपचार चलिरहेको बेला, हामी केवल यो आशा गर्छौं कि यसले काम गर्छ ।”

इतिहासका पुस्तकहरूमा “कन्भलेसेन्ट सेरम” भनिने यो प्लाज्मालाई सन् १९१८ को महामारीका दिनहरुमा पनि प्रयोग गरिएको थियो । नयाँ आधुनिक औषधि प्रयोगमा आउनुअघि दादुरा, ब्याक्टेरियल निमोनिया र अरु धेरै किसिमका संक्रमण विरुद्ध पनि यसलाई प्रयोग गरिएको थियो । किन ? 

Tiffany Pinckney poses for a portrait in the Harlem neighborhood of New York on April 1, 2020. After a period of quarantine at home separated from her children, she has recovered from COVID-19. Pinckney became one of the nations first donors of “convalescent plasma.” Doctors around the world are dusting off a century-old treatment for infections: Infusions of blood plasma teeming with immune molecules that helped survivors beat the new coronavirus. (AP Photo/Marshall Ritzell)

जब संक्रमणले मानिसलाई आक्रमण गर्न थाल्छ, शरीरले प्राटिनको रुपमा एन्टीबडी उत्पादन गर्दछ र यसले शरीरभित्र प्रवेश गरेका विषाणु विरुद्ध लड्छ । यी एन्टिबडी मानिसको शरीरको रगतमा तैरिरहेको हुन्छ, र विशेषगरी यो प्लाज्मामा रहेको हुन्छ अर्थात् रगतको पहेंलो तरल भाग । यो एन्टिबडी तत्व रगतमा महिनौं, वर्षौंसम्म रहन्छ ।  

“जब नयाँ रोगहरू देखा पर्दछन् र वैज्ञानिकहरू खोपहरू वा औषधिहरूको लागि दौडिरहेका हुन्छन् त्यसबखत यो “एक द्रुतगतिको पहिलो उपाय हो जुन हामी चाँडै राख्न सक्छौं,” सेन्ट लुइसस्थित वासिङ्टन विश्वविद्यालय स्कूल अफ मेडिसिनका डा जेफ्री हेन्डरसनले बताउनुभयो । यस विश्वविद्यालयले प्लाज्माको सम्भावनाका बारेमा देशव्यापी अध्ययनको नेतृत्व गरिरहेको छ । 

यो “आफैँमा उपचार पक्कै होइन, तर यो रोगको गम्भीरतालाई कम गर्ने एक तरिका हो,” हेन्डरसनले बताउनुभयो । 

चिकित्सकहरुलाई अद्यापि कोरोनाभाइरसबाट निको भएका व्यक्तिको एन्टिबडीले कहिलेसम्म काम गर्दछ भन्ने थाहा छैन । 

तर अहिलेका लागि, “तिनीहरू सडकमा सबैभन्दा सुरक्षित व्यक्तिहरू हुन्” सियाटलमा ब्लडवर्क नर्थवेस्टका डा रेबेका हेलीले बताउनुभयो । यो संस्थाले रक्तदाताको पहिचान गर्दछ । “हामी उनीहरूबाट एन्टिबडी प्राप्त गर्न दबाब भने दिँदैनौं ।”

गत हप्ता, अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए)ले अस्पतालहरूलाई सम्भावित प्लाज्मा प्रयोग कसरी गर्ने भन्ने बारेमा एउटा निर्देशिका नै जारी गरेको छ । एफडिएले हरियो बत्ती बाल्नासाथ ह्युस्टन मेथोडिष्ट अस्पताल र माउन्ट सिनाई अस्पतालले प्लाज्माको प्रयोगको सम्भावना खोज्न थालेका छन् । 

निराश मानिसहरु आफ्ना बिरामी प्रियजनको जीवन बचाउन रक्तदातालाई अनुरोध गर्दै सामाजिक सञ्जालमा सोध्न थालेका छन् । मिसिगन स्टेट युनिभर्सिटीका अनुसार एक हजारभन्दा बढी व्यक्तिले नेसनल कोविड–१९ कन्भलेसेन्ट प्लाज्मा प्रोजेक्टमा प्लाज्मा दान गर्नेगरी हस्ताक्षर गरेका छन् ।  प्लाज्मा दान र अनुसन्धानलाई प्रोत्साहित गर्न दर्जनौं अस्पतालहरूले मिलेर उक्त समूह गठन गरिएको हो ।

निको भएका र रक्तदान गर्न चाहने दाताहरू रक्तदान केन्द्रमा आउनै पर्छ भन्ने छैन । सर्वप्रथम उनीहरुले आफूलाई कोरोनाभाइरस नभएको प्रमाणित गर्नु पर्दछ । त्यसका लागि उनीहरुको केही हप्ता परीक्षण गरी भाइरस नरहेको सुनिश्चित गरिने छ । तिनीहरू रक्तदानका लागि अन्य आवश्यकताहरू पूरा गर्न पर्याप्त स्वस्थ पनि हुनु पर्दछ । साथै उनीहरूको एन्टिबडीको स्तर पर्याप्त छ कि छैन भनेर जाँच गर्न थप परीक्षण लिइन्छ । 

“तपाईं त्यस्तो व्यक्तिबाट प्लाज्मा लिन सक्नुहुन्न जसको औसत रोग–प्रतिरोधात्मक क्षमता छ । त्यो सहयोगी हुने छैन,” राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआइएच)की डा जुली लेजरवुडले बताउनुभयो ।

चिनियाँ चिकित्सकहरूले गत हप्ता कन्भलेसेन्ट प्लाज्मा दिएका पाँच जना बिरामीमा केही हप्ता पछि केही सुधार भएको बताएका छन् । तर तिनीहरूलाई अन्य थेरापी पनि दिइएको थियो, र व्यापक अध्ययन बिना प्लाज्माले काम गरेको छ छैन भन्न सकिन्न । 

कन्भलेसेन्ट प्लाज्माले काम गरेको छ छैन भन्ने जाँच्न बिरामीहरूको नियमित हेरचाह, परीक्षण गर्ने योजना अघि बढाइएको छ । 

अर्कोतर्फ, एनआइएच अनुसन्धानकर्ताहरूले कोरोनाबाट बाँचेकाहरुको एन्टिबडी स्तर मापन गर्दैछन् । बेइजिङको सिंघुवा विश्वविद्यालयमा अन्य टोलीहरूले प्लाज्माको प्रयोग मार्फत् एन्टिबडी बनाउन र त्यसलाई औषधिमा राख्न सकिने वा नसकिने भन्दै अध्ययन गरिरहेका छन् । 

तर टिफानी जस्ता व्यक्तिहरूले गर्ने रक्तदानलाई रक्त केन्द्रहरूले कति चाँडो प्रशोधन गर्न सक्छन् भन्नेमा पनि निर्भर हुनेछ । मार्चको पहिलो हप्ता उहाँ बिरामी पर्नु भएको थियो । उहाँलाई शुरुमा ज्वरो आएको थियो । उहाँलाई श्वास फेर्न कठिन हुनुका साथै लामो श्वास लिँदा छातीको दुःखाई अनुभव भएको थियो । एकल आमा टिफानीलाई आफ्ना ९ र १६ वर्षका छोराहरुको चिन्ता थियो । 

“मलाई मेरो बाथरूमको भुइँमा रोइरहेको र प्रार्थना गरेको याद छ,” ३९ वर्षीया टिफानीले सुनाउनु भयो । 

त्यसपछि उहाँ परीक्षण र उपचारका लागि माउन्ट सिनाई अस्पताल जानुभयो । उहाँ अस्पतालमा ठीक हुनुभयो, र अस्पतालले रक्तदान गर्नुहुन्छ भनी उहाँलाई सोध्यो । उहाँले अस्पतालको अनुरोधलाई तत्कालै स्वीकार्नु भयो । 

“यो अरू कसैका लागि आशाको एक प्रकाश हो,” उहाँ आफ्नो रगतले अरुको जीवन बाँचेको खबर सुन्न व्यग्रताका साथ पर्खिरहनु भएको छ । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article ट्रम्पको दोस्रोपटक कोरोना परीक्षण, १५ मिनेटमै नतिजा
Next Article इसेवामाथिको प्रहार न्योचित छैन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMशिक्षा

वैकल्पिक प्रणालीमा ६४ प्रतिशत विद्यार्थीको सिकाइ प्रभावहीन : अध्ययन

57 years ago
काठमाडौँ - KTMलेख

विकासको रणनीतिक व्यवस्थापन

57 years ago
काठमाडौँ - KTMप्रवास

कतारमा रहेका नेपालीलाई राहत

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

ऊर्जामन्त्री भुसालसँग एमसीसी उपाध्यक्षको शिष्टाचार भेट

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?