2026-06-20 02:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन दिनपछि चीनले भारतका दुई मेजर सहित १० सैनिकलाई रिहाई गर्यो

असार ५, काठमाडौँ | लद्दाखको गलवानमा १५ जूनमा भारत र चीनका सैनिकका बीच भएको झडपमा शुक्रवार नयाँ खुलाशा भएको छ । संचार माध्यमहरुका अनुसार, चीनका सेनाले भारतका १० जवानलाई बन्धक बनाएको खुलेको छ । बिहिबार चीन-भारत छलफलपछि उनीहरुलाई रिहा गरिएको छ । तर, एस विषयमा भारतीय सेनाले आधिकारिक जानकारी दिएको छैन । 

गलवान घाटीमा सोमवार राति भारत र चीनका सैनिक बीच भएको झडपमा भारतका २० सैनिकको मृत्य भएको थियो । चीनका पनि केहि सैनिक मारिएको भारतको दावी छ तर आधिकारिक पुष्टि भएको छैन । भारतको दावी अनुसार उक्त झडपमा चीनका यूनिट कमान्डिङ अफिसरको समेत मृत्यु भएको छ । 

गलवान घाटीमा भारत र चीनका सैनिकबीच भएको झडपमा घाइते मध्ये कोहि पनि भारतीय सैनिक गम्भीर छैनन् । भारतीय समाचार एजेन्सी एएनआईले सेनाको सूत्रलाई उद्रिद गर्दै उक्त जानकारी दिएका छन् । उक्त सूत्रका अनुसार १८ सैनिक जवान लेह र ५८ सैनिक अर्को अस्पतालमा भर्ना गरिएको छ । घाइते सबैको अवस्था सामान्य रहेको छ । उनीहरु केहि दिनमै काममा फर्कनेछन् । 

भारतीय सेनाले कुनै सैनिक बेपत्ता नभएको समेत जनाएको थियो । चीन र भारतका मेजर जनरलले गलवान विवादलाई समाधान गर्नको लागि बिहिबार लगातार तेश्रो दिनसम्म बैठक बसेका थिए । यो वैठक करीब ६ घण्टासम्म चलेको थियो । यो बैठक गलवान घाटीका नजिक भएको थियो । उक्त वैठकमा कुन विषयमा कुराकानी भयो भन्ने बारे जानकारी दिईएको छैन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ