2026-09-14 04:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालमा प्रतिहजार जनसङ्ख्यामा १.१ चिकित्सक : आर्थिक सर्वेक्षण

काठमाडौँ । यसवर्ष दर्ता भएका स्वास्थ्यकर्मीहरुको सङ्ख्या तीन लाख ६६ हजार ५०५ पुगेको छ । विसं २०८० फागुनसम्म यस्तो सङ्ख्या तीन लाख २२ हजार २५४ थियो ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा आज संघीय संसद्मा प्रस्तुत आव २०८१/८२ को आर्थिक सर्वेक्षणका अनुसार   विसं २०८१ फागुनसम्म नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल आयुर्वेद मेडिकल परिषद्, नेपाल फार्मेसी परिषद्लगायतका निकायमा दर्ता भएका स्वास्थ्यकर्मीको सङ्ख्या  यस वर्ष ४४ हजार २५१ जना थप भएको हो ।
यसैगरी, २०८१ फागुनसम्म ३२ हजार २४७ मेडिकल चिकित्सक, पाँच हजार ३४७ दन्त चिकित्सक, ११ हजार ६१६ विशेषज्ञ चिकित्सक र ३९५ विदेशी चिकित्सक गरी कुल ११ हजार ६१६ चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन् ।
सर्वेक्षणमा उल्लेखअनुसार २०८१ फागुनसम्म नेपाल नर्सिङ काउन्सिलमा एक हजार ६९५  विशेषज्ञ नर्स, ८५ हजार ७७८ नर्स, ३७ हजार ५२८ अनमी, ९१ मिडवाइफ र ८०० विदेशी नर्ससमेत गरी एक लाख २५ हजार ९४७ नर्स दर्ता भएका छन् ।
नेपाल स्वास्थ्य व्यवसाय परिषद्मा कुल एक लाख ६२ हजार ४९२ स्वास्थ्यकर्मी दर्ता भएका छन् । नेपाल आयुर्वेद मेडिकल परिषद्मा ६ हजार ५४२ र नेपाल फार्मेसी परिषद्मा २१ हजार ९३७ स्वास्थ्यकर्मी दर्ता भएका छन् ।
आर्थिक सर्वेक्षणले देशभर २०८१ फागुनसम्म नेपालमा प्रतिहजार जनसङ्ख्यामा १.१ चिकित्सक र प्रतिहजार जनसङ्ख्यामा २.८६ नर्स रहेकोे देखाएको छ । २०८१ फागुनसम्म डाक्टर, नर्स÷अनमी, कविराज, वैद्य, स्वास्थ्य सहायक र महिला स्वास्थ्य स्वयंसेविकासमेत गरी जम्मा एक लाख चार हजार ७९३ स्वास्थ्य जनशक्ति सरकारी सेवामा कार्यरत रहेका छन् । २०८० फागुनसम्म यस्तो सङ्ख्या एक लाख दुई हजार ५०७ थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ