2026-10-16 04:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरले भन्यो ‘फ्री भिषा फ्री टिकट हो, कसैले पैसा मागेमा खबर गर्नुस्’

असोज ४, काठमाडौं । युएईको इमिरेट्स फ्लाइट क्याटरिङ कम्पनीमा जानको लागि अनधिकृत व्यक्तिलाई कुनै पनि शुल्क नबुझाउन एक म्यानपावर कम्पनीले अनुरोध गरेको छ । 

काठमाडौं गौशालामा रहेको देवान कन्सलट्यान्ट प्रा. लिले युएईको इमिरेट्स फ्लाइट क्याटरिङ कम्पनीमा जानको लागि ‘फ्री भिषा फ्री टिकट’ भएकोले कसैलाई पनि शुल्क नबुझाउन अनुरोध गरेको छ । डिमाण्डको अन्तर्वार्ता नहुँदै विभिन्न प्रलोभन देखाएर अवैध एजेन्टहरुले सोझा साझा युवाहरुबाट शुल्क माग्न थालेको गुनासो आएकोले सूचना जारी गरिएको कन्सलट्यान्टले जनाएको छ। 

“देवान कन्सलट्यान्ट मार्फत फ्रि भिषा, फ्रि टिकटमा वैदेशिक रोजगारमा जान चाहने इच्छुक र भिषा प्राप्त गरिसकेका व्यक्तिहरुले कसैसँग कुनै आर्थिक कारोबार नगर्नुहोला, यदि केही कुरा बुझ्न परेमा वा जानकारी लिन चाहेमा कम्पनीका आधिकारिक व्यक्तिलाई सम्पर्क गरी जानकारी लिनुहुन हार्दिक अनुरोध गर्दछौ ।” देवान कन्सलट्यान्टले जारी गरेको सूचनामा भनिएको छ । 

देवान कन्सलट्यान्टमा  युएईको इमिरेट्स फ्लाइट क्याटरिङ कम्पनीको डिमाण्ड रहेको तर अन्तर्वार्ताको समय निश्चित नभैसकेको अवस्थामा अनधिकृत व्यक्तिले आर्थिक चलखेल शुरु गरेकोले सूचना जारी गर्नुपरेको जनाएको छ । 

प्रकाश राज बर्तौला ९८५१०८५३२८, खगेन्द्र खतिवडा ९८०१२४७२४५,अनिल कुमार कर्ण ९८०१२४७२९९, नितेश आचार्य ९८०१२४७२२७, बाबुराम भुसाल ९८०२०६९५९६, प्रेम प्रसाद नेपाल ९८०१२४७२२५, सुमन रिजाल ९८०१२४७२९५ तथा ०१-४४६२४३१/ ०१४४६२४३२ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु