2026-06-17 06:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इथियोपियामा युद्धको खतरा बढ्यो, प्रधानमन्त्रीद्वारा सेना परिचालनको आदेश

 कात्तिक १९, आदिस अबाबा (रासस/एपी) । अफ्रिकी मुलुक इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले बुधबार एउटा प्रादेशिक क्षेत्रमा शान्ति भंग भएको भन्दै कारबाही गर्न संघीय सेनालाई आदेश दिनु भएको छ ।

टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट (टिपिएलएफ) ले गतराति प्रादेशिक राजधानीको एउटा सैनिक अखडामा आक्रमण गरेको प्रधानमन्त्रीको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । सेना परिचालनले अफ्रिकाकै सबैभन्दा बढी जनसंख्या रहेका तथा शक्तिशाली मुलुकमध्ये एक इथियोपियामा फेरि युद्ध शुरु हुने खतरा बढेको छ । 

टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अबियले उत्तरी टिग्रे प्रदेशको राजधानी मिकेले र दान्सा शहरमा विद्रोही समूहले गरेका आक्रमणमा धेरै सैनिकले शाहदात प्राप्त गरेको बताउनु भएको छ । 

प्रधानमन्त्री अबियले छिमेकी मुलुक इरिट्रिआसँग जोडिएको इथियोपियाको संवेदनशील क्षेत्रमा सक्रिय विद्रोहीको अन्त्य अवश्यम्भाबी रहेको पनि बताउनुभयो । इरिट्रिआसँग लामो सीमा संघर्षपश्चात् सन् २०१८ मा दुबै देशबीच शान्ति सम्झौता भएको थियो । 

टिपिएलएफले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन । प्रधानमन्त्रीको घोषणासँगै टिग्रे क्षेत्रका सबै इन्टरनेट र टेलिफोन लाइन काटिएका छन् । टिग्रे टिभीका अनुसार टिग्रे क्षेत्रमाथिको आकाश हवाई उडानका लागि निषेध गरिएको छ । 

यहीबीच इथियोपियासँग इजिप्टको इथियोपियाली बाँध परियोजनालाई लिएर विवाद बढ्दै गएको छ । इथियोपियाले पछिल्लो समय कोरोनाभाइरस महामारी, घातक जातीय हिंसा र सलहको प्रकोपजस्ता समस्यासँग एकैसाथ जुध्नु परिरहेको छ । 

कतिपयको भनाईमा अबियको शासनको खास परीक्षण अब हुँदैछ । टिग्रेका अधिकारीहरुले गत अगष्टका लागि तोकिएको इथियोपियाको राष्ट्रिय आमनिर्वाचन स्थगित गरेकामा आपत्ति जनाएका छन् । कोरोनाभाइरस महामारी अझ फैलिने खतरा औंल्याउँदै प्रधानमन्त्री अबियले निर्वाचन स्थगित गर्नु भएको थियो । 

गत आइतबार विद्रोही समूह टिपिएलएफका एक जना वरिष्ट अधिकारी गाटाचिउ रेडाले आफूहरु संघीय सरकारसँग तत्काल वार्ता गर्न इच्छुक नरहेको बताउनु भएको थियो । उहाँले अहिलेको अवस्थामा राष्ट्रिय संवाद जरुरी भएको बताउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु