२०८३, ३ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुस – युक्रेन संकट : रुसबाट ग्यास नआए चिसोले जम्नेछ युरोप

२०७८, १२ माघ बुधबार १०:४६

एजेन्सी | यूरोपको उर्जा संकट अब एक आर्थिक समस्याबाट राजनीतिक चुनौतीमा बदलिने भएको छ । पश्चिमा देशले रुसमाथि खुलम खुल्ला ग्यास युद्ध सुरु गर्न लागेको आरोप लागाएका छन् । तर उनीहरुको यो आरोप क्रेमलिनले अस्वीकार गर्दै आएको छ । युरोपलाई फरक–फरक प्रभाव क्षेत्रवाला आवश्यकतामा बाँड्न र ग्यास बजारको खेलको नियम पनि फेर्नका लागि रुसले पश्चिमी देशमाथि एक किसिमको शर्त राखेको छ   ।

युरोपेली देश आफ्नो जनसंख्या र उद्योग दुबै बचाउन युद्ध स्तरमा तयारी गरिरहेको छ र अमेरिका यो कुराबाट खुसी देखिएको छ । किनकी युरोपलाई रुसी ग्यासको सट्टा उच्च मूल्यमा आफ्नो ग्यास उपलब्ध गराउन पाउनेछ ।


विश्वव्यापी उर्जा संकटको सुरुवात गत वर्षको हिउँदमा नै भएको थियो । हिउँद आउँदा आउँदै अवस्था झनै बिग्रिएको थियो । पहिले ग्सास र अब तेलको मूल्यले पनि युरोपलाई आक्रान्त पारेको छ । युरोपमा उर्जा संसाधनको यत्तिको कमी छ कि सर्वसाधारणदेखि उद्योगीसम्म बिजुली र ग्यासको बील कुनै हिसाब किताब बिना तिरिरहेका छन् ।

यस्तो अवस्थामा युरोपमा अचानक किन ग्यासको संकट गहिरियो भनेर सोध्न थालिएको छ । उनीहरु चिसोमा कठ्याङ्ग्रिएर जम्ने अवस्थामा पुगेका हुन् ? यसका कयौँ कारण छन् ।

युरोपको उर्जा संकटः

दुई कारण त अस्थाई किसिमका छन् ।  पहिलो कोरोना महामारी र दोस्रो मौसम । बाँकी तीन कारण यस्ता छन् जुन   निकै लामो समयदेखि सुल्झिएको छैन । यसको राम्रो उर्जा बजारमा प्रतिस्पर्धा, युक्रेनी जनताको आत्मनिर्णयको अधिकार र भविष्यको अर्थव्यवस्थामा हायड्रोकार्बनको भूमिकाको विषयलाई लिएर रुस र यूरोपबीच सैद्धान्तिक मदभेद  त्यसैमा छ ।

यूरोपको उर्जा संकट कहिलेसम्म चल्ने छ ? यूरोपले यसको नोक्सानी उठाउनु पर्नेछ ? ग्यास बजारको खेलको नियम कहिले फेरिनेछ ? र रुसको  कमाइको प्रमुख स्रोत मानिने हाइड्रोकार्बनको प्रयोग कम गर्न जुन हरित उर्जालाई बढावा दिने कुरा गरिएको छ, त्यसको भविष्य के हो त ? यी सबै प्रश्नको जवाफ यो कुरामा निर्भर गर्छ कि यूरोप र रुसबीच जुन राम्रा विषयमा मतभेद भएको छ, त्यसलाई कत्तिको चाँडो सुल्झाउन सकिन्छ ।

युरोपलाई जति प्राकृतिक ग्यासको आवशयकता पर्छ,  त्यसको करिब एक तिहाई रुसले आपूर्ति गर्दै आएको छ । तर गत हिउँदपछि उसले ग्यास आपूर्तिमा ठूलो कटौती गरेको छ ।

१५ जनवरीसम्म युरोपेली देश क्रेमलिनमाथि ग्यास युद्ध सुरु गरेको सिधा आरोप लगाउन बचेको देखिन्थ्यो तर यूक्रेनको विषयलाई लिएर भ्लादिमिर पुटिनको इच्छा देखिएपछि पश्चिमा देशले यूरोपको उर्जा संकटका लागि रुसमाथि सीधै जिम्मेवार देखाउन सुरु गरे ।

सन् १९७३–७४ को ऐतिहासिक तेल संकटः

केही समय पहिले नै अन्तर्राष्ट्रिय उर्जा एजेन्सीको प्रमुख फातिह बिरोलले स्पष्ट रुपमा रुसलाई चालबाजको संज्ञा दिएका थिए ।  यूरोपमा रुसका तर्फबाट ग्यासको आपूर्तिमा कटौती र यूक्रेनमाथि क्रेमलिनको बढ्दो धम्कीकाबीचको सम्बन्ध देखिएको उनको भनाई थियो  । उनले भने, ‘हामीलाई लागे अनुसार युरोपमा ग्यास बजारको समस्या रुसले पैदा गरेको हो ।’

गत ३ महिनामा ग्याजप्रोमको कीर्तिमानी मूल्यका बावजुद यूरोपलाई आपूर्ति गरिने ग्यास २५ प्रतिशतसम्म कटौती भएको छ । यति मात्रै होइन युरोपमा जुन स्थानमा ग्यास स्टोर गरेर राखिन्छ त्यहाँ नै आपूर्ति रोकेको छ । यसो गर्नाले मूल्यमा झनै वृद्धि हुने छ ।

आईइएका प्रमुखका अनुसार सन् १९७३–७४ मा ऐतिहासिक तेल संकटपछि युरोपसामु सबैभन्दा बढी उर्जा संकट खडा भएको छ । सन् १९७३ मा याम किप्पुर युद्धमा पश्चिमा देशले इजरायललाई समर्थन गरेका थिए त्यसपछि पश्चिमी देशले तेल बेच्न अस्वीकार गरेका थिए ।

फातिह बिरोलको कुरा यसकारण पनि महत्वपूर्ण छ किनभने उनी पश्चिमा देशको उर्जा सुरक्षा सुनिश्चित गर्ने संगठनका प्रमुख हुन् । आईईएको गठन यस्तै अवस्थासँग जुझ्नका लागि गरिएको थियो । जसबाट विकसित देशलाई सावधान गर्न सकियोस् र संकटबाट बच्नका लागि साझा कोशिशलाई परिणाममुखी बनाउन सकियोस् । यदि संकट उत्पन्न भयो भने त्यसलाई छिट्टै सुल्झाउन पनि सकियोस् ।​

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट