विदेशै जानुपर्छ भन्ने मान्यता त्याग्न सहकारीमन्त्री खनालको आग्रह

Posted on: 08 Jun, 2018

जेठ २५, काठमाडौँ | कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले विद्यार्थीलाई पढाइ सके पछि विदेशै जानुपर्छ भन्ने मान्यता परिवर्तन गर्न आग्रह गर्नुभएको छ । 

थापाथली इञ्जिनियरिङ क्याम्पसका नवप्रवेशी विद्यार्थीको स्वागत र पुराना विद्यार्थीको बिदाइ कार्यक्रममा उहाँले कृषि क्षेत्र लगानीको मेरुदण्डका साथै विद्यार्थीका लागि पनि उर्वरक्षेत्र भएको उल्लेख गर्नुभयो । 

विदेशमा जति समय काम गरिन्छ त्यति समय स्वदेशमा परिश्रम गर्ने हो भने विदेशमा गर्ने आम्दानी भन्दा स्वदेशको आम्दानी दोब्बर हुने मन्त्री खनालले दाबी गर्नुभयो । 

उहाँले ‘‘कृषिलाई पर्यटन, अर्गानिक र जलस्रोतसँग जोडेर व्यावसायिक योजना बनाउनुहोस् सरकार युवाका लागि न्यूनतम ब्याजदरमा कर्जा लगानी गर्न तयार छ ।” (रासस)

यस बिषयमा तपाइको प्रतिक्रिया...!